logo
शुक्रबार, साउन २९ २०८३

कमल ५ मा निःशुल्क भिआइए परिक्षण


  • कुइनेटो न्युज
  • बिहिबार, माघ १५ २०८२

कमल । झापाको कमल गाउँपालिका ५ नम्वर वडामा पाठेघरको मुखको क्यान्सर सम्बन्धि परिक्षणका साथै जनचेतना मुलक कार्यक्रम सम्पन्न भएको छ ।

पछिल्लो समयमा खानपान लगायत विभिन्न कारणले महिलाहरुमा पाठेघरको मुखको क्यान्सर ( VIA) हुने भएकोले त्यसको रोगथाम र न्युनिकरणकालागी निःशुल्क शिविर सन्चालन गरेको वडा कार्यालयले जनाएको छ ।

रोटरी क्लव अफ विर्तामोडको आयोजना र विएमसी अस्पताल विर्तामोडको प्राविधिक सहयोगमा ( VIA) परिक्षण गरिएको थियो ।

शिविरमा १ सय ५ जना महिलाहरुको ख्क्ष्ब् परिक्षण गरिएको थियो । जस मध्ये १० जना महिलाको पाठेघरमा सुरु अवस्थाको क्यान्सर भेटीएको र ६ जनामा सर्भाइकल पोलिव (पाठेघरको मुखमा मासु पलाएको) भेटिएको आधरभुत स्वास्य कार्यलयले जनाएको छ ।

स्वास्थ्य परिक्षणका क्रममा समस्य देखीएका महिलाहरुलाई थप उपचारकालागी विएमसी अस्पताल विर्तामोड पठाईएको वडा अध्यक्ष लाल बहादुर विष्टले बताउनु भयो ।

शिविरमा वडा सदस्य ओम कुमार प्रधान, चुरुहाङ लावती वडा सचिव अमृत शाहा स्वास्थ्य कर्मीलगाएतको उपस्थिती रहेको थियो ।

 

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend