कमल । झापाको कमल गाउँपालिका ५ नम्वर वडा कार्यलय द्वारा विध्यार्थीलाई टाई र बेल्ट वितरण गरेको छ ।
वडाको वार्षिक स्वीकृत कार्यक्रम अन्तरगत विपन्न तथा दलित बाल बालिका लाई शैक्षिक सामाग्री वितरण कार्यक्रम अन्तरगत विनियोजित बजेट बाट वडामा रहेका समुदायिक विध्यालयमा अध्यायनरत विध्यार्थीलाई टाई र बेल्ट वितरण गरिएको वडा अध्यक्ष लाल बहादुर विष्टले बताउनु भयो ।
वडा भित्र सञ्चालनमा रहेका मंगलमय माध्यविक विध्यालय तथा सिंहदेवी, गुह्ेश्वरी र शहिदरत्न आधारभुत विध्यालयमा अध्यायनरत ४ सय १२ जना विध्यार्थीलाई टाई र बेल्ट वितरण गरिएको वडा सचिव अमृत शाहाले जानकारी दिनुभयो ।
कार्यक्रममा कार्यपालिका सदस्य चन्द्रकला सुब्बा वडा सदस्य ओम कुमार प्रधान र चुरुङहाङ लावती लगायत सम्बन्धित विध्यालयका प्रधानाध्यापकका साथै शिक्षक कर्मचारीको समेत उपस्थिती रहेको थियो ।