logo
मंगलबार, कार्तिक ११ २०८३

नवोदित कानुन व्यावसायीका लागि मस्यौदा लेखन तालिम सम्पन्न


  • कुइनेटो न्युज
  • शनिबार, माघ १० २०८२

झापा । नवोदित कानुन व्यावसायीहरुको लागि मस्यौदा लेखन तालिम झापाको भद्रपुरमा सम्पन्न भएको छ।

जिल्ला सरकारी वकील कार्यालय झापाका जिल्ला न्यायाधिवक्ता दिपेश शाहको प्रमुख आतिथ्यता तथा झापा जिल्ला अदालतका शाखा अधिकृत रामचन्द्र बस्नेत तथा झापा बारका सहसचिव तथा झापा बार महिला समिति अध्यक्ष अधिवक्ता सानु कार्की बस्नेतको आथित्यतामा सम्पन्न तालिम कार्यक्रमको अध्यक्षता कानुनी ज्ञान केन्द्र झापाका अध्यक्ष अधिवक्ता तारामणी सापकोटाले गर्नुभएको थियो भने सञ्चालन कानुनी ज्ञान केन्द्रका सचिव अधिवक्ता नरेस खातीले गर्नुभएको थियो।

कानुनी ज्ञान केन्द्र झापाको आयोजनामा सन्चालित उक्त एक दिवसीय तालिम कार्यक्रममा झापा जिल्ला अदालतका न्यायाधीश पारसमणी पोखरेल र अधिवक्ता बसन्त जोशीले प्रशिक्षण दिनुभएको थियो। उक्त तालिम कार्यक्रममा २० जना भन्दा वढी नवोदित कानुन व्यावसायीहरुको सहभागीता रहेको थियो ।

कानुनी शिक्षा र सचेतना प्रदान गर्ने उद्देश्यले स्थापित यस केन्द्रको अध्यक्षमा अधिवक्ता तारामणी सापकोटा, उपाध्यक्षमा अधिवक्ता तिलक अर्याल, सचिवमा अधिवक्ता नरेस खाती, सहसचिवमा अधिवक्ता अनु रावत , कोषाध्यक्षमा अधिवक्ता सुरज मैनाली र सदस्यमा अधिवक्ता रुद्रमणी भट्टराई र अधिवक्ता हेमनारायण राजवंशी रहनु भएको छ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend