झापा,नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले झापा निर्वाचन क्षेत्र नम्वर ५ बाट उम्मेदवारी मनोनयन दर्ता गराउनु भएकाे छ।
दमकस्थित निर्वाचन अधिकृतको कार्यालय पुगेर वहाँले मनोनयन दर्ता गनु भएकाे हाे । मनोनयन दर्ता कार्यक्रममा ओलीले स्थानीय नेता र समर्थकसँग संक्षिप्त भेटघाट पनि गनुभएकाे थियाे । वहाँले निर्वाचनमा जनतासँग प्रत्यक्ष संवाद गर्दै आफ्नो राजनीतिक अनुभव र पार्टीको कार्यक्रममा आधारित प्रतिवद्धता व्यक्त गनुभयाे ।

उनीसँगै, यहाँबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले पनि मनोनयन दर्ता गराउनु भएकाे ५ । बालेन आफ्नो समर्थकहरूको साथमा झापा–५ बाट चुनावी प्रतिस्पर्धामा उत्रिएको जानकारी प्राप्त भएको छ।
यसरी झापा–५ मा आगामी प्रतिनिधिसभा चुनाव प्रधानमन्त्रीसमेत भइसकेका ओली र युवा नेता बालेनको प्रतिष्पर्धा निश्चित भएको छ। राजनीतिक विश्लेषकहरूले दुवै नेताको जनसमर्थन र चुनावी रणनीतिका आधारमा यो क्षेत्रको मत विभाजन निकै प्रतिस्पर्धात्मक हुने अनुमान व्यक्त गरेका छन्।
निर्वाचन अधिकारीहरूले मतदातालाई शान्तिपूर्ण मतदान र संवैधानिक प्रक्रियामा सहकार्य गर्न आग्रह गरेका छन्।