logo
शुक्रबार, साउन २९ २०८३

मानव अधिकार एलाइन्स झापा शाखाको सातौं सभा सम्पन्न


  • उमानाथ भण्डारी
  • आइतबार, माघ ४ २०८२

कमल । राष्ट्रिय मानव अधिकार तथा सामाजिक न्याय मञ्च नेपाल (मानव अधिकार एलाइन्स) झापा शाखाको सातौं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
“घर घरमा मानव अधिकार ,शान्ति र विकासको आधार” भन्ने नारका साथ बिर्तामोड ३ स्थित विराट सामुदायिक अध्ययन केन्द्रको सभाहालमा सम्पन्न सभाको मानव अधिकार एलायन्स केन्द्रीय सदस्य तथा कोशी प्रदेश इन्चार्ज रुद्र सिटौलाले गर्नुभएको थियो ।

मानव जन्म सकेपछि उसले बाँच्न पाउने, गाँस, बास र कपासको अधिकारका साथै बोल्न ,लेख्न र व्यक्तिगत स्वतन्त्रताका अधिकार निर्धक्क उपभोग गर्न पाउनुपर्ने हुन्छ । एलाइन्सले कुनै क्षेत्रका नागरिको मात्र नभएर समग्र मानवको अधिकारकालागी काम गर्दै आएको छ । आगामी दिनमा समेत अझ प्रभावकारी रुपमा काम गर्दै एलाइन्सलाइ अझ शसक्त रुपमा अगाडी बढाउनु पर्ने नेकपा एमाले झापाका अध्यक्ष प्रेम गिरीले बताउनुभयो ।

एलायन्सको झापा शाखाले धेरै राम्रा कामहरु गरेका छन् । तर पनि सभाबाट कतिपय सुझाब आएका छन् । त्यसलाइ आत्मसाथ गर्दै आगामी दिनमा अझ प्रभावकारी रुपमा आफ्ना गतिविधी अगाडी बढाउन एलायन्सका केन्द्रिय सदस्य तथा कोशी प्रदेश इन्चार्ज रुद्र सिटौलाले निर्देशन दिनु भयो ।

राज्यको तर्फबाट मानव अधिकारका क्षेत्रमा भएका सकारात्मक कुराहरु अझै पनि गाउँँगाउँमा पुर्याउन आवश्यक छ यसका लागि सबै तह वर्ग र पिछडा वर्गहरुका लागि समेत अवसर प्रदान गर्दै आगामी दिनमा अझ व्यपक रुपमा कार्यक्रम सन्चालन गर्न लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घकी केन्द्रीय सदस्य तथा नेकपा एमालेका तर्फबाट राष्ट्रिय सभा सदस्यकी उम्मेदवार रोशनी मेचेले बताउनु भयो ।

सभामा एलायन्स झापाका अध्यक्ष अर्जुन कुमार पाठकले एलायन्सका तर्फबाट भएका कार्यक्रमलाई समेटेर तयार पारिएको संक्षिप्त प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
त्यसैगरी एलायन्स कोशी प्रदेश उपाध्यक्ष कबिता बास्तोलाले एलायन्समा समावेशी प्रतिनिधित्वलाई अझ सहभागी गराउदै आगामी दिनमा मानव अधिकारका क्षेत्रमा अझ शसक्त रुपमा कार्यक्रम सन्चालन गर्नु पर्ने बताउनु भयो ।

संविधानले प्रदान गरेका अधिकार सबै क्षेत्रका नागरिकहरूले समान रुपमा पाउनुपर्ने हुन्छ । यदी समाजमा काही कतै त्यस्तो नभएको पाईएमा एलायन्सको तर्फ बाट निष्पक्ष रुपमा सम्बन्धि निकाय सम्म पुर्याउनु पर्ने गैसस महासङ्घ कोशी प्रदेशका सचिव सोमराज ढकालले बताउनुभयो ।

एलाइन्स झापा शाखाले मानअधिकारका क्षेत्रमा धेरै काम गर्दै आएको छ । तरपनि अझ काम गर्नु पर्ने धेरै छ । आगामी दिनमा अझ व्यापक रुपमा काम गर्नु आवश्यक रहेको एलाईन्स झापा शाखाकी निवर्तमान अध्यक्ष प्रेमा भट्टराईले बताउनुभयो ।

एलाईन्स झापा शाखाका अध्यक्ष अर्जुन कुमार पाठकको अध्यक्षतामा सम्पन्न सभामा एलाइन्सका केन्द्र , प्रदेश , जिल्ला र स्थानीय तहका प्रतिनिधि का साथै गैसस महासङ्घका सदस्यहरू उपस्थिती रहेको थियो । कार्यक्रमको सञ्चालन एलाईन्स झापाका सचिव एकेन्द्र उप्रेतीले गर्नुभएको थियो भने आमन्त्रित अतिथी तथा सहभागीलाई उपाध्यक्ष नेत्र प्रसाईले शाब्दिक शब्द द्वारा स्वागत गर्नुभएको थिया ।

 

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend