logo
शुक्रबार, साउन २९ २०८३

प्रादेशिक आयुर्वेद अस्पतालले मनायो एघारौं राष्ट्रिय योग दिवश


  • उमानाथ भण्डारी
  • बिहिबार, माघ १ २०८२

कमल । देशैभर आज विभिन्न कार्यक्रम गरेर एघारौं राष्ट्रिय योग दिवन मनाईएको छ ।
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको निर्देशन तथा योग संग सम्बन्धित विभिन्न संघ सस्थाले आफु अनुकुल विभिन्न कार्यक्रम गरेर एघारौं राष्ट्रिय योग दिवश मनाईएको हो ।

हरेक वर्ष मनाईने योग दिवसमा यस वर्ष “स्वस्थ समाज, समृद्ध नेपाल र विश्व शान्तिका लागि योग” भन्ने आदर्श वाक्यका योगका विभिन्न अभ्यास गरेर दिवस मनाएको हो ।
यसैक्रममा झापाको कमल गाउँपालिका ७ लखनपुर स्थित प्रादेशिक आयुर्वेद अस्पताले समेत विभिन्न कर्यक्रम गर्दै योग दिवस मनाएको हो ।

अस्पतालको सभाहलमा सम्पन्न कार्यक्रमको उद्घाटन जिल्ला समन्वय समिति झापाका सभापति विश्वनाथ बरालले सुर्य नमस्कारको पहिलो अभ्यास “नमस्कार” गरेर कार्यक्रमको उद्घाटन गर्नु भएको थियो ।

पछिल्लो समय आहार विहार र जिवन शैलिलाई व्यवस्थापन गर्न नजानेका कारण विश्वमा ७० प्रतिशत मानिस नसर्ने रोगका कारण पिडित बनेका छन् । त्यसैले मानव लाई स्वास्थ्य राख्नकालागी योग नै यस्तो अध्यास हो जसले नियमित रुपमा योग गर्नाले सबै सुमस्या न्युनिकरणन हुने भएकोले सबैले दैनिक रुपमा योग गर्न आवश्यक रहेको अस्पतालका निमित्त निर्देशक डां सिद्धार्थ कुमार ठाकुरले बताउनु भयो ।

त्यसैगरी कार्यक्रममा पतन्जलि योग समिति कमलका अध्यक्ष तिलोचन गौतम, जिल्लाका संगठन सचिव कृष्ण प्रसाद ओझा, पतंजलि योग समिति कमलका संस्थापक अध्यक्ष उमानाथ भण्डारी लगायतले एघारौं राष्ट्रिय योग दिवशको शुभकामनाका साथै योगको महत्वको वारेमा आफ्नो मन्तव्य राख्नु भएको थियो ।

कार्यक्रम प्रादेशिक आयुर्वेद अस्पतालका आयुर्वेद निरिक्षक टेकनाथ अर्याले सन्चालन गर्नु भएको थियो ।

त्यसैगरी एघारौं राष्ट्रिय योग दिवशको अवसरमा पतंजलि योग समिति कमलले समेत नियमित योग अभ्यासका साथै योग सम्बन्धि विभिन्न कार्यक्रम गरेर दिवस मनाएको थियो ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend