logo
शुक्रबार, साउन २९ २०८३

मुख्यमन्त्री कार्की द्वारा कोशी प्रदेशको पहिलो “कोशी घुम्ती अस्पताल”को उद्घाटन


  • उमानाथ भण्डारी
  • शुक्रबार, पुष २५ २०८२

कमल । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्की द्वारा कोशी प्रदेशको पहिलो “कोशी घुम्ती अस्पताल”को उद्घाटन गर्नु भएको छ ।

मुख्यमन्त्री कार्कीले झापाको कमल गाउँ पालिकामा कोशी प्रदेशकै पहिलो “कोशी घुम्ती अस्पताल ” उद्घाटन गर्नु भएको हो ।

स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेका ग्रामीण तथा अर्ध–शहरी समुदायलाई लक्षित गरी सन्चालनमा ल्याएको घुम्ती अस्पतालको औपचारिक उद्घाटन पछि बोल्दै मुख्यमन्त्री कार्कीले भन्नु भयो “आफु प्रदेशको मुख्यमन्त्री भए लगत्तै शुरु गरेको योजना सरकार फेरवदलका कारण सन्चालन गर्न ढिला भएपनि पछिल्लो समय सबैको साथ र सहयोगमा सन्चालन गर्न सफल भएको बताउनु भयो”।

नेपालकै ईतिहासमा पहिलो घुम्ती अस्पताल आफ्नै निर्वाचन क्षेत्र कमल गाउँपालिका बाट सुरु भएको छ । यस अझ व्यास्थित गर्दै लाई दिर्घकालीन रुपमा सन्चालन गर्न मन्त्रालयका कर्मचारी लाई समेत निर्देशन दिनु भयो ।

गाउँगाउँमा सहज रपमा स्वास्थ्य सेवा पुर्याउने उद्येश्यले सन्चालनमा ल्याएको घुम्ती अस्पताल बाट नागरिकलाई सहज रुपमा सेवा उपलब्ध हुने छ । यस्ता कार्यक्रममलाई कुनै पनि पार्टीको चश्माले नहरी सबैले साथ र सहयोग गर्नुपर्ने स्वास्थ्य मन्त्री मान बहादुर लिम्बुले बताउनु भयो ।


कोशी प्रदेश सरकार द्वारा सन्चालनमा ल्याएको पहिलो घुम्ती अस्पताल आफ्नै पालिका बाट सुरु भएकोमा कोशी प्रदेश सरकारलाई धन्यवाद दिदैं घुम्ती अस्पताल बाट आफ्ना पालिकाका नागरिकले विशेषज्ञ डाक्टर बाट सेवा पाएकोमा कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईले प्रदेश सरकारलाई धन्यवाद दिनुभयो ।

जाँच,पिसाब  परीक्षण,न,मधुमेह (सुगर) जाँच,थाइराइड जाँच,मुटु सम्बन्धी परीक्षण,इसिजी (मुटुको भिडियो एक्स–रे),हड्डी तथा नसासम्बन्धी रोगको जाँच तथा विशेषज्ञ परामर्श र आवश्यक औषधि निःशुल्क वितरण गरिएको थियो ।


कार्यक्रमा स्वास्थ्य निर्देशनालय कोशीका निर्देशक ज्ञान बहादुर बस्नेत, जिल्ला समन्वय समिती झापाका प्रमुख विश्वनाथ बराल, झापाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल, कोशी प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव यदुचन्द्र घिमिरे, विशेषज्ञ चिकित्सक, जनप्रतिनिधी, स्थानिय लगायतको उपस्थिती रहेको थियो ।

AI Digital X–Ray सेवाको समेत स्वास्थ्य शिविर सञ्चालन


त्यसै गरी कमल नगर अस्पतालमा Artificial Intelligence AI प्रविधिमा आधारित Digital X–Ray  सेवाको समेत स्वास्थ्य शिविर सन्चालन भएको थियो ।
शिविरमा क्षयरोग, फोक्सो तथा छाती सम्बन्धी रोगहरूको छिटो, परिक्षण गरिएको थियो । जम्मा एआई एक्रे तर्फ १ सय ८२ जनाको परिक्षण गरिएको मा ३६ जनाको शंकास्पद देखीएकोले थप परिक्षणका लागी सिफारिस गरिएको स्वास्थ्य शाखा प्रमुख बिनु थापाले जानकारी दिनुभयो । शिविर मा जम्मा ३ सय ६१ जनाले स्वास्थ्य परिक्षण गराएका थिए ।

 

 

 

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend