logo
शुक्रबार, साउन २९ २०८३

लखनपुर साना किसानको १२औँ वार्षिक उत्सव सम्पन्न

रक्तदान तथा ९० वर्ष माथिका ४० जना ज्येष्ठ नागरिकलाई सम्मान


  • उमानाथ भण्डारी
  • मंगलबार, पुष २२ २०८२

कमल । झापाको कमल गाउँपालिका वडा नम्बर ६ स्थित लखनपुर साना किसान कृषि सहकारी संस्था लिमिटेडले आफ्नो १२ औँ वार्षिक उत्सवको अवसरमा आज सामाजिक उत्तरदायित्वलाई आत्मसात गर्दै रक्तदान कार्यक्रम तथा ९० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई सम्मान गरीएको थियो ।

संस्थाले आयोजना गरेको रक्तदान तथा जेष्ठ नागरिक सम्मान कार्यक्रममा सहकारीका सदस्य तथा सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको थियो । कार्यक्रम मार्फत मानव जीवन बचाउन रक्तदानको महत्वबारे जानकारी गराउदै समाजका अग्रज जेष्ठ नागरिकलाई सम्मान गर्न सकियोस् भन्ने उद्देश्य कार्यक्रम आयोजना गरिएको संस्थाले जनाएको छ ।
सस्थाले आयोजना गरेको कार्यक्रममा ३७ जनाले रक्तदान गर्नु भएको थियो भने ९० वर्ष माथिका ४० जना जेष्ठ नागरिकलाई सम्मान गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथी समेत रहनु भएका वडा नम्बर ६ का वडा अध्यक्ष नरेन्द्र भट्टराई का अनुसार ९० वर्ष माथिका ज्येष्ठ नागरिकलाई सम्मान गर्नु हाम्रो समाजको दायित्व हो । ज्येष्ठ नागरिकहरू बिना आजको हाम्रो समाजको परिकल्पना गर्न नसकिने वडा अध्यक्ष भट्टराईले ।
कार्यक्रमका अवसरमा संस्थाका अध्यक्षले सहकारी केवल आर्थिक कारोबारमा सिमित नभई समाज प्रति उत्तरदायी बन्नुपर्ने बताउदै सहकारीको मूल भावना नै आपसी सहयोग र सामाजिक सेवा हो । रक्तदान जस्तो पुण्य कार्य र ज्येष्ठ नागरिकको सम्मानले संस्था सामाजिक उत्तरदायीत्व र सामाजिक प्रतिबद्धता झल्काउने कार्यमा सबल रहेको सस्थाका अध्यक्ष सरस्वाती निरौलाले बताउनु भयो ।


सहकारी सस्थाका सल्लाहकार बेनु सिवाकोटीले ९० वर्ष माथिका ज्येष्ठ नागरिक हाम्रो समाजका जीवित इतिहास हुनुहुन्छ । ज्येष्ठ नागरिकको अनुभव र संघर्ष नै आजको समाजको आधार हो । त्यसैले जेष्ठ नागरिकलाई सम्मान गर्नु भनेको हाम्रो संस्कार जोगाउनु हो ।
सहकारीले आफ्नो वार्षिक उत्सवलाई फरक ढंगले मनाउने सोचका साथ यो वर्ष सामाजिक कार्यक्रम गरेका हौं । खुसी साट्ने दिनमा अरूको जीवन बचाउन सकियोस् र समाजका जेष्ठलाई सम्मान गर्न सकियोस् भन्ने हाम्रो चाहना हो त्यसैले रक्तदानका साथै ज्येष्ठ नागरिकलाई सम्मान गरेको सस्थाका शिक्षा तालिम उपसमितीका संयोजक सुजिता पोखरेल बताउनु भयो ।

. कार्यक्रममा सम्मानित ज्येष्ठ नागरिकलाई दोसल्ला, सम्मान पत्र प्रदान गरिएको थियो । उनीहरूको आँखामा देखिएको आत्मसन्तुष्टि नै कार्यक्रमको सफलता झल्काउने महत्वपुर्ण क्षण रहेको थियो ।

कार्यक्रम संंस्थाका व्यवस्थापक टंक पराजुलीले (कुमार) सञ्चालन गर्नु भएको थियो भने उपाध्यक्ष सोभा उप्रेतिले शाब्दिक शब्द द्वारा स्वागत गर्नु भएको थियो ।

 

 

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend