कमल । झापाको कमल गाउँपालिका रहेको कर्मणी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ९औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
कमल ३ स्थित सिंहदेवी सामुदायीक भवनको सभाहलमा सम्पन्न सभाको उद्घाट कमल ३ का वडा अध्यक्ष अग्नि प्रसाद कोईरालाले गर्नु भएको थियो ।
२०७४ सालमा २८ जना सदस्य बाट जम्मा गरिएको १ लाख ४० हजार शेयर पुँजीले सुरु गरिएको संस्था आर्थिक वर्ष २०८१÷०८२ को अन्त्य सम्ममा १ हजार २ सय २९ जना शेयर सदस्य रहेका छन् भने २ करोड ४१ लाख ७२ हजार १ सय रपैया बराबरको कारोवार गर्न सस्था सफल भएको छ ।

सहकारीले वित्तिय कारोवार साथै सदस्यको आश्यकतालाई ध्याद दिदै सामाजिक गतिविधीका कार्यक्रम गर्न सकेमात्र सदस्यको मन जित्न सकिने वडा अध्यक्ष कोईरालाले बताउनु भयो ।
सभामा सञ्चालक समितिको तर्फ बाट तयार पारेको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै सदस्य बाट प्राप्त सकारात्मक सुझावलाई ध्यानमा राखेर आगामी दिनमा सस्थालाई अझ सदस्य मैत्री बनाउदै लगिने सस्थाका अध्यक्ष दुर्गा बहादुर बानियले बताउनु भयो ।
कार्यक्रमा अध्यक्ष बनियाले पेश गर्नुभएको सन्चालक समितिका तर्फ बाट तयार परिएको वार्षिक प्रतिवेदन, र लेखा सुपरिवेक्षण समितिका संयोजक कृष्ण कुमारी आचार्यले द्वारा प्रस्तुत गर्नु भएको लेखा सुपरिवेक्षण तथा आर्थिक प्रतिवेदन सुझाव सहित पारित गरिएको थियो ।

कार्यक्रममा उत्कृष्ट वाल बचत १० जना सहित व्याक्तिगत न्युन बचत तर्फ पवित्रा सुवेदी, साधारण बचत तर्फ सन्दिप राई, जेष्टनागरीक बचत तर्फ दिलमाया घिमिरे, खुत्रुके बचत तर्फ सुफियन लिम्बु, धन वर्ष बचत तर्फ मन्जु निरौला, कर्मणी बचत तर्फ सावित्रा कामी, मासिक नियमित बचत तर्फ पुनम राई,र असल ऋण बचत तर्फ नारायण सुवेदी लाई सम्मान गरिएको थियो ।
कार्यक्रम संस्थाका सचिव शान्तिराम दाहालले सञ्चालन गर्नु भएको थियो भने उपाध्यक्ष विकाश घिमिरेले शाब्दिक शब्द द्वारा स्वागत गर्नु भएको थियो ।