logo
शुक्रबार, साउन २९ २०८३

मुख्यमन्त्री कार्की द्वारा तमु ल्होसारको अवसरमा : शुभकामना व्याक्त


  • कुइनेटो न्युज
  • मंगलबार, पुष १५ २०८२

विराटनगर। गुरुङ समुदायको पर्व तमु ल्होसारको अवसरमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदेशवासी तथा देशविदेशमा रहेका सम्पूर्ण नागरिकमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ।

तमु ल्होसारले नयाँ वर्षको शुभारम्भसँगै आपसी सद्भाव, सामाजिक एकता, प्रकृतिप्रेम र समृद्धिको सन्देश दिने मुख्यमन्त्री कार्कीले उल्लेख गर्नुभएको छ। उहाँले यो पर्वले मौलिक संस्कृतिको जगेर्ना गर्दै परम्पराको संरक्षण र सामाजिक एकतालाई बलियो बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभएको छ।
शुभकामना सन्देशमा कोशी प्रदेश बहुजातीय, बहुभाषिक तथा बहुसांस्कृतिक पहिचानले सम्पन्न रहेको उल्लेख गर्दै यस्ता पर्व–संस्कृतिले हाम्रो संस्कृति र गौरवलाई समृद्ध बनाउने चर्चा गर्नुभएको छ। प्रदेश सरकारले स्थापना कालदेखि नै विभिन्न समुदायका पर्व तथा संस्कृतिको संरक्षण र प्रवर्द्धनलाई प्राथमिकतामा राख्दै आएको पनि मुख्यमन्त्री कार्कीले उल्लेख गर्नुभएको छ।

उहाँले विविधतायुक्त समाजमा यस्ता पर्वहरूको माध्यमबाट आपसी सद्भाव र सहकार्य मजबुत भई समृद्धिको यात्रामा सकारात्मक योगदान पुग्ने विश्वास व्यक्त गर्नुभएको छ। साथै आजै परेको कुलुङ जातिको चाक्चापुर पर्वको अवसरमा पनि मुख्यमन्त्रीले शुभकामना व्यक्त गर्नुभएको छ। समुदायको ऐतिहासिक योगदान, सांस्कृतिक धरोहर र सामाजिक एकताले प्रदेशको समग्र विकासमा महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्नुभएको छ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend