कमल । झापाको कमल गाउँपालिका २ भुत्लुङ्ग स्थित ज्योति माध्यमिक विद्यालयको ५९ औं वार्षिक उत्सव तथा अभिभावक दिवसका साथै ज्याति स्मारिका लोकार्पण कार्यक्रम सम्पन्न भएको छ ।

विद्याल ५९ औं वार्षिक उत्सव तथा अभिभावक दिवसको उद्घाट ज्याति स्मारिका लोकार्पणको कोशी प्रदेशका मुख्यमन्त्री माननीय हिक्मत कुमार कार्कीले गर्नु भएको थियो ।
विद्यालयको प्रगति उन्नतीको कामना गर्दै विद्यालयमा अध्यायनरत विद्यार्थिलाई गुणस्तरिय शिक्षाकालागी भौतिक पुर्वाधार निर्मामा समेत प्रदेश सरकाले सक्दो सहयोग गर्ने मुख्यमन्त्री कार्कीले बताउनु भयो ।

कमल गाउँपालिका शिक्षा शाखा प्रमुख सुर्य प्रसाद न्यौपाने, ९ की छात्रा करण काइरालाले मन्तव्य राख्नु भएको थियो ।

त्यसैगरी वार्षिक उत्सव अवसरमा शैक्षिक सत्र २०८१को एसईईमा उत्कृष्ट नतिजा ल्याउने १८ जना विध्यार्थिलाई सम्मान गरिएको थियो र त्यस्तै स्मारिका प्रकाशनकालागी १० हजार भन्दा माथि सहयोग गर्ने दातालाइ समेत सम्मान पत्र द्वारा सम्मान गरिएको थियो ।
विद्यालयले तयार गरेको स्मारिकाको साहित्यकार दीपक सुवेदीले समीक्षात्मक टिप्पणी गर्नु भएको थियो भने स्मारिकाका सम्पादक समिर बाबु कट्टेलले स्मारिकाको सेरोफेरोमा रहेर सम्पादकिय मन्तव्य राख्नु भयो भने विध्यालयका प्रधानाध्यापक नगेन्द्र बस्नेतले विध्यालयको तर्फ बाट तयार पारीएको प्रतिवेदन संक्षिप्त रुपमा प्रस्तुत गर्नु भएको थियो ।
विध्यालय व्यवस्थापन समितिका अध्यक्ष तिलक खड्काको अध्यक्षतामा भएको कार्यक्रममा सह प्रधानाध्यापक नारायण बस्नेतले कार्यक्रमको औचित्य माथि प्रकास पार्दै उपस्थित सहभागीलाई शब्द द्वारा स्वागत गर्नु भएको थियो ।