logo
शुक्रबार, साउन २९ २०८३

कमल गाउँपालिका द्वारा जेष्ठ नागरिकलाई सम्मान


  • उमानाथ भण्डारी
  • शुक्रबार, पुष ११ २०८२

कमल । झापाको कमल गाउँपालिकाले आज एक कार्यक्रमका बिच जेष्ठ नागरिकलाई स्वास्थ्य सम्बन्धि जनचेतनाका साथै न्यानो कपडा र पोषणयुक्त खानेकुरा द्वारा सम्मान गरेको छ ।

पाचौं राष्ट्रिय जेष्ठ नागरिक दिवसका अवसरमा गाउँपालिले जेष्ठ नागरिकलाई स्वास्थ्य सम्बन्धि जनचेतनाका साथै न्यानो कपडा र पोषणयुक्त खानेकुरा दिएर सम्मान गरेको हो ।

“हाम्रो साझा अभियान जेष्ठ नागरिक प्रति श्रद्धा र सम्मान”भन्ने नाराका साथ गाउँपालिकामा बसोवास गर्ने ९०वर्ष माथि १ सय २ वर्ष सम्मका ९१ जना जेष्ठ नागरिकलाई सम्मान गरेको महिला तथा वालबालिका शाखा प्रमुख रिता कार्की रिजालले बताउनु भयो ।

 

कार्यक्रममा उपस्थित जेष्ठ नागरिकको सुगर र प्रेसर परिक्षणर गर्नुका साथै पोषण युक्त खानपानका साथै उमेर बढे संगै देखापर्ने अल्जाईमर सम्बन्धि समस्याका बारेमा गाउँपालिकाका जनस्वास्थ्य निरिक्षक कुशल श्रेष्ठले सहजीकरण गर्नु भएको थियो ।

जेष्ठ नागरिकलाई लालनपालन र उपचारमा पहिलो कर्तव्य आफ्ना सन्तानले गर्नु पर्ने ऐन उल्लेख भएपनि असाय,अशक्त र एकल अवस्थामा रहेको जेष्ठनागरिकलाई राज्यको तर्फ व्यवस्था गरिनुपर्ने कानुनी व्यवस्था रहेको छ ।

पाचौं राष्ट्रिय जेष्ठ नागरिक दिवसका अवसरमा हामिले जेष्ठ नागरिकको स्वास्थ्य परिक्षणका साथै पोषण युक्त खानेकुरा वितरण गर्नुका साथै वहाँहरु संग अन्तरकृया गर्दै दिवश मनाएको कमल गाउँपालिकाकी उपाध्यष प्रमिला न्यौपाने तिवारीले बताउनु भयो ।

कार्यक्रममा निमित्त प्रमुख प्रशासकिय अधिकृत सृजना राई, कार्यपालिका सदस्य ज्ञान बहादुर नेपाली लगायतको उपस्थिती रहेको थियो ।

 

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend