कमल । झापाको दमकमा गए राती सवारी दुर्घटना हुँदा एक व्याक्तिको मृत्यु भएको छ ।
मृत्यु हुनेमा कमल गाउँपालिका ६ निवासी खङ बहादुर राईको छोरा बर्ष ३८ को बिनोद राईको मृत्यु भएको प्रहरीले जनाएको छ ।
बागमति प्रदेश –०२–०१७ प ३३४४ नम्बरको २२० सिसी को पंल्सर मोटर साईकलमा सवार राईको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
दमक ७ लालिगुरास टोल स्थित भित्री सडक खण्डमा हनुमान मन्दिर तर्फ बाट रतुवा पुल तर्फ जादै गरेको अवस्थामा दुर्घटना भएको हुन सक्ने प्रहरीले जनाएको छ ।
दुर्घटनाको थप अनुसंधानकालागी इलाका प्रहरी कार्यालय दमकबाट प्रनाउ किशोर लम्सालको कमाण्डमा टोली खटीएको छ ।