logo
सोमबार, कार्तिक १० २०८३

शिवसताक्षीमा वाहिजो अनलाइन कविता वाचन प्रतियोगिता–२०८२ सम्पन्न


  • कुइनेटो न्युज
  • सोमबार, पुष ७ २०८२

शिवसताक्षी ।– कवि हर्क खेवा ‘खाम्वेक्सा’को कविता सङ्ग्रह वाहिजो को व्यानरमा सञ्चालित वाहिजो अनलाइन कविता वाचन प्रतियोगिता–२०८२ को नतिजा सार्वजनिक तथा पुरस्कार वितरण भएको छ।
शनिबार दमकस्थित द लाट्टे आर्ट मा आयोजित कार्यक्रममा प्रतियोगिताको नतिजा सार्वजनिक गरिएको हो।
प्रतियोगितामा ताप्लेजुङका लेकाली कान्छा मुकुम प्रथम स्थान हासिल गरे भने दोस्रो स्थान पाँचथर रबिकि प्रीति राना मगर र तेस्रो स्थान तेह्रथुम संङ्ग्रन्तीका सरोज विश्वकर्मा ले प्राप्त गरे।
यस्तै, सान्त्वना पुरस्कार राज आङ्दङ्बे शिवसताक्षी ७ हाल इजरायल ,दिलीप सहराई उर्लाबारी र बिनिता लिम्बु माइ नगरपालिका घोषित हुदै नगद सहित सम्मान पत्र प्राप्त गरे ।

कबिता प्रतियोगिताका बिजेताहरुले क्रमशः रु. २१ हजार, ११ हजार र ६ हजार नगदसहित सम्मानपत्र प्रदान गरिएको थियो भने सान्त्वना पुरस्कार प्राप्त गर्ने तीन जनालाई रु. ३/३ हजार नगदसहित सम्मानपत्र प्रदान गरिएको कार्यक्रम संयोजक जसकुमार तामाङले जानकारी दिए ।

कवि हर्क खेवाको उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले आयोजित यस प्रतियोगिता २ महिना अघि बाट संचालन गरिएको र उक्त प्रतियोगिताको शनिबार नतिजा प्रकाशन तथा पुरस्कार वितरण गरिएको हो ।
कबि खेवा मानसिक स्वास्थ्य समस्याका कारण आर्थिक अभावमा उपचारमा कठिनाइ भएपछि देश–विदेशबाट आर्थिक सहयोग सङ्कलन गरी धरानस्थित घोपा क्याम्पमा उपचार पश्चात उहाँ हाल घरमै विश्रामरत रहेका छन ।
प्रा.सुमित्रा वाङ्देल चेलीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रतियोगिताको बिजेताहरुको नामवली निर्णायक मण्डलका प्रमुख प्रा. मुनाराज शेर्माले घोषणा गरेका थिए । प्रतियोगीहरुले आ- आफ्नो कबिता वाहिजो फेसबुक पेज मार्फत प्रसरण गरि सोही आधारमा बिजेताहरु छनौट गरिएको जनाइएको छ । प्रतियोगिताको निर्णायकहरुमा प्रा. मुनाराज सेर्मा ,कबिहरु बिमला ताङ्खेवा र मुक्तान थेबा रहेका थिए ।

सो अवसरमा शुभकामना मन्तव्य तथा कविता वाचनसहित कवि विराट किराती र निहाङ किराँतीले आफ्ना विचार प्रस्तुत गरेका थिए । कार्यक्रम संयोजक जसकुमार तामाङको अध्यक्षता मा भएको उक्त कार्यक्रमको स्वागत मन्तव्य सचिव दिलबहादुर लिम्बु ले राखेका थिए भने कार्यक्रममाथि प्रकाश कवि विक्रम बनेम ले पारेको कार्यक्रमको संचालन कबि चोमु शेर्पाले गरिन ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend