logo
शुक्रबार, साउन २९ २०८३

चुलाचुली गाउँपालिकाद्वारा अतिथीलाई मायाको चिनोस्वरूप सिमल तरुल प्रदान


  • उमानाथ भण्डारी
  • सोमबार, मंसिर २९ २०८२

ईलाम । ईलामको चुलाचुली गाउँपालिकाले कार्यक्रम सम्पन्न पश्चात अतिथीहरूलाई मायाको चिनोको रूपमा स्थानीय उत्पादन सिमल तरुल प्रदान गर्दै स्थानीय कृषिजन्य वस्तुको प्रवद्र्धनमा जोड दिएको छ ।

गाउँपालिकाले आयोजना गरेको कार्यक्रममा सहभागी प्रमुख अतिथी, विशिष्ट अतिथी, वक्ता तथा सरोकारवालाहरूलाई सम्मानस्वरूप सिमल तरुल वितरण गरिएको हो ।

गाउँपालिकाले गरेको यस्तो पहलले चुलाचुली क्षेत्रमा उत्पादन हुने मौलिक तथा पोषणयुक्त कृषि उपजको पहिचान बढाउने उद्देश्य राखेको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाले आगामी दिनमा पनि यस्ता कार्यक्रममार्फत स्थानीय उत्पादनको बजारीकरण, पहिचान र उपभोग बढाउने योजना रहेको जनाएको छ । यस किसिमको पहलले चुलाचुली गाउँपालिकालाई स्थानीय उत्पादनमैत्री पालिकाको रूपमा स्थापित गर्न मद्दत पुग्ने अपेक्षा गरिएको चुलाचुली गाउँपालिकाका अध्यक्ष गाउँपालिका अध्यक्ष राजेन्द्र केरुङ ले बताउनु भयो ।


स्थानीय कृषकहरूले उत्पादन गरेको सिमल तरुल अतिथीलाई प्रदान गरिँदा चुलाचुली गाउँपालिकाको यो अभ्यास प्रशंसनीय रहेको प्रतिक्रिया दिएका दिदै स्थानीय उत्पादनप्रति सम्मान र प्रोत्साहन गर्ने यस्ता कार्यले कृषकहरूको मनोबल वृद्धि हुनुका साथै उत्पादन विस्तारमा पनि टेवा पुग्ने इलामका प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले प्रतिक्रिया दिनुभयो ।

कार्यक्रमका क्रममा गाउँपालिका प्रतिनिधिहरूले स्थानीय उत्पादनको प्रयोगले कृषकहरु आत्मनिर्भर हुनुका साथै स्थानीय अर्थतन्त्र निर्माणमा सहयोग पुग्नुका साथै बाह्य उपहार भन्दा स्थानीय उत्पादनलाई प्राथमिकता दिइने नीति अवलम्बन गरिएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत राजकुमार शाक्याले बताउनु भयो ।

चुलाचुली गाउँपालिकाले कार्यक्रम सम्पन्न पश्चात अतिथीहरूलाई मायाको चिनो स्वरूप स्थानीय उत्पादन सिमल तरुल प्रदान गर्ने कार्यले कृषकमा खुशी आएको छ । गाउँपालिको यस किसिमको कदमले स्थानीय कृषि जन्य उत्पादनमा बृद्धी हुनुका साथै कृषकहरुको आम्दानीमा समेत बृद्धी हुनेछ । भने अर्को तर्फ स्थानीय उत्पादनको प्रवद्र्धनले समग्र पालिकाको अर्थतन्त्र निर्माणमा समेत टेवा पुग्ने छ ।

 

 

 

 

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend