कमल । नवोदय बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २७ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
झापाको कमल गाउँपालिका ३ केर्खामा मुख्य कार्यालय रहेको सहकारी संस्थाले गत मङंसिर ११ गते देखी उर्लावारी र मधुमल्ला सेवा केन्द्र सुरुगरेको इकाइगत साधारण सभा आज माईन्युट प्रमाणीकरण गरी सम्पन्न भएको छ ।
साधारण सभाको अवसर पारेर सस्थाले १५ बर्ष सेवागर्ने कर्मचारीलाई दिर्घ सेवा पदक पुरष्कार बाट सम्मान गरेरको छ ।

यसरी सम्मानीत तथा पुरस्कृत हुने कर्मचारीहरुमा सहायक ब्यबस्थापक सोमलाल हेमरम र बरिष्ठ फिल्ड सहायक प्रथम प्रकास हेमरमलाई दिर्घ सेवा पदक र सम्मान पत्र द्वारा पुरष्कार गरिएको थियो भने. बर्षको उत्कृष्ठ कर्मचारी बिधा तर्फ फिल्ड सहायक ओम प्रकाश राजबंशीलाई पुरस्कृत गरिएको थियो ।
त्यस्तै उत्कृष्ट केन्द्र उत्कृष्ट ऋणी, उत्कृष्ट बचत उत्कृष्ट शेयर , जेष्ठ सदस्य , उत्कृष्ट कृषक सदस्य, उत्कृष्ट कृषक सदस्य लगायत ९३ जना भन्दा बढीलाई सम्मान तथा पुरस्कृत गरिएको संस्थाका व्यवस्थापक रबिन सुब्बले बताउनु भयो ।

२०५५ सालमा स्थापना भएको सस्थामा हाल १७ हजार २५० जना सदस्य रहेका छन् भने झापा र मोरङ्ग गरी ११ वटा सेवा केन्द्र बाट कारोवार गरिरहेको छ ।
गत आषाढ मसान्त सम्ममा शेयर पूँजी १२ करोड २१ लाख ७४ हजार २ सय रुपैया रहेको छ भने बचत तर्फ ५२ करोड ७२ लाख ६० हजार ९७ रुपैया रहेको सस्थाले जनाएको छ ।

त्यसैगरी कर्जा लगानी तर्फ ७६ करोड ३५ लाख १ एकहजार ५ सय ७८ रुपैया रहेको र कोष हिसाब तर्फ १४ करोड ४० लाख ४० हजार ८ सय ५६ रुपैया कारोवार गरि २ करोड १७ लाख ४५ हजार ८ सय ६४ रुपैया खुद बचत गर्न सस्था सफल भएको जनाईएको छ ।
संस्थाका अध्यक्ष शरण कुमार पराजुलीले माईन्युट प्रमाणिकरण बैठमा सस्थाले ईकाईगत साधारण सभा बाट परित भएर आएका प्रस्तावका विषयमा प्रतिनिधी हरुलाई जनाकारी गराउनु भएको थियो ।
पुरस्कृत हरुको पुरा नामावली हेर्न याहँ क्लिक गर्नु होला
पुर्व अध्यक्ष दिलिप कुमार चापागाईले प्रतिनिधी भनेका सस्थाका पिलर भएकोले सस्थालाई सारोगाहे परेका बेला सहयोग गर्दै सस्था द्वारा सञ्चालन भएका राम्रा कामलाई प्रचारप्रसार गर्नु बताउनु भयो ।
सस्थाको सभाहलमा सम्पन्न कार्यक्रम वरिष्ठ उपाध्यक्ष बलराम गजुरेलले सञ्चालन गर्नु भएको थियो भने उपाध्यक्ष उमानाथ भण्डारीले कार्यक्रमको औचित्य माथि प्रकाश पार्दै स्वागत गर्नु भएको थियो ।