कमल । झापाको कमल गाउँपालिका ३ केर्खा स्थित केर्खा पब्लिक स्कुलमा सञ्चालित केर्खा पब्लिक स्काउट दलको प्रथम दीक्षान्त समारोह सम्पन्न भएको छ ।
कार्यक्रममा कमल गाउँपालिका स्थानीय प्रमुख आयुक्त गुणराज गिरीको प्रमुख अतिथ्यता दीक्षान्त समारोह सम्पन्न भएको हो ।
विध्यालयमा सञ्चालिन स्टाउट दलमा १८ जना छात्र स्काउट र १४ जना छात्रा स्काउटहरूलाई दिक्षित गरिएको थियो ।
स्काउटले विध्यार्थिलाई अनुशानका साथै जिवनमा सफल हुनकालागी नेतृत्व विकास लगायतका धेरै कुरा सिकाउने गर्दछ जसका कारण स्काउटको तालिममा सहभागी विध्यार्थि जिवनमा सफल हुने गरेको गिरीले बताउनु भयो ।

दीक्षान्त समारोहमा कोशी प्रदेश स्काउट परिषद सदस्य माया सिवाकोटी, प्याब्सन कमल अध्यक्ष दिपक संग्रौला, एडभान्स स्काउटर मात्रिका सुबेदी, ज्योति माध्यमिक विध्यालयका. स्काउट मास्टर जीवन दंगाल लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रम केर्खा पब्लिक स्काउट दल सञ्चालन समितिका अध्यक्ष कृष्णा आचार्य (गौतम)को अध्यक्षतामा भएको कार्यक्रम सञ्चालन स्काउट मास्टर त्रिलोचन गौतमले गर्नु भएको थियो ।