शिवसताक्षी । झापाको शिवसताक्षी ८ स्थित डाँडा टोलमा रहेको श्री अरुणोदय आधारभूत विद्यालयले ४१ औं वार्षिकोत्सव बिभिन्न कार्यक्रम गरि मनाएको छ ।
कार्यक्रम शिवसताक्षी नगरपालिकाका नगर प्रमुख मेगाहाङ थोप्रा( रोशन) ले ब्यनर बचन गरेर उद्घाटन गर्नु भयो ।
उद्घाटन पछि कार्यक्रम लाई सम्बोधन गर्नुहुदै प्रमुख अतिथि थोप्राले सामुदायिक विद्यालय सुधारका लागि स्थानीय सरकारले मात्र चाहेर नहुने भएकोले यसका लगि सबै एक जुट भएर लाग्नु पर्ने बताउनु भयो । उहाले भनु भयो लामो समय जीर्ण अवस्थामा रहेको यस विद्यालयले पछिल्लो समय शिक्षक तथा दाताहरुको जागरुपताले शैक्षिक सुधार, हुदै आएको र नगरले आगमी शैक्षिकसत्र देखि नमुना बिध्यलयको रुपमा बिकास गर्ने आस्वशन दिनुभयो
सोहि अवसरमा विद्यालयमा स्थापना गरिएको अक्षयकोषका दाता , जग्गा दाता तथा विद्यालय सुधारका लागि आर्थिक लगायत महत्वपूर्ण योगदान पुर्याउने विभिन्न सहयोगी दाताहरूलाई सम्मान प्रदान गरिएको थियो ।

उक्त सम्मान नगरप्रमुख मेगाहाङ्ग थोप्रा, प्रमुख प्रशासकीय अधिकृत सुनिता तुम्बाहाङफे, वडा नं. ८ का वडाध्यक्ष सन्त कुमार फेवदिन, तथा नेपाल शिक्षक महासंघ शिवसताक्षीका अध्यक्ष बेनुप्रसाद कार्कीलगायतका अतिथिहरूले दाताहरुलाई सम्मानपत्र प्रदान गर्नु भएको थियो
कार्यक्रममा वडा नं. ११ का वडाध्यक्ष बहादुर आङ्गबो, वडा न. ८ का सचिव पुष्प पाण्डे , स्थानीय युवा ब्यबसायी हरिशंकर सिलवाल सहित १२ जना सहयोगी दाताहरूलाई सम्मान गरिएको विद्यालयकी प्रधानाध्यापक ताराकुमारी लावतीले जानकारी दिनुभयो।
त्यस अवसरमा प्र अ लावतीले बिध्यलयको बार्षिक गतिविधि सहितको प्रतिबेदन बाचन गर्नुहुदै तत्कालीन समयमा अन्य बिध्यलयहरु टाडा रहेकोले साना साना बालबालिका हरुलाइ बिध्यलय पठाउन कठिन भएको महसुस गरि स्थानीय अग्रज ब्यक्तित्वहरुले कोहि पनि बालबालिका हरु शिक्षाको उज्यालो घाम बाट बन्चित हुन नपरोस् भनेर उहाँ हरुको अथक प्रयासमा बिसं २०४१ सालमा यस बिध्यलय स्थापना गरि बिभिन्न आरोह अबरोह पार गर्दै यो स्थान सम्म यो बिध्यलयलाइ ल्याउन सबैको भुमिका अतुलनीय रहेको छ । हाल कक्षा ५ सम्म अध्यपन हुदै अएको यस बिध्यलयमा एक जना पुरुष बिध्यलय कर्मचारी बाहेक सबै महिला शिक्षिकाहरु द्वारा पठन- पाठन भैरहेको छ । तसर्थ विद्यालयको गुणस्तरीय शिक्षा, पूर्वाधार सुधार र विद्यार्थी हितमा दाताहरूको निरन्तर सहयोग प्रेरणादायी भुमिका रहेकोमा सबै प्रति आभारी रहेको प्र अ लावतीले धरणा राख्नु भयो ।

कार्यक्रममा विद्यालयका विद्यार्थी तथा शिक्षिकाहरूले बिभिन्न सांस्कृतिक नृत्य, स्वागत प्रस्तुति लगायत विविध आकर्षक कार्यक्रम प्रस्तुत गरि उपस्थित सहभागीहरुलाई मनोरञ्जन दिलाएका थिए ।
छिमेकी विद्यालयका प्रधानाध्यापकहरु, अभिभावक तथा विद्यार्थीहरुको बाक्लो उपस्थिति रहेको उक्त कार्यक्रम बिध्यलयका ब्यबस्थापन समितिका अध्यक्ष मदन सिलवालको सभापतित्वमा भएको थियो भने कार्यक्रमको स्वागत मन्तब्य शिक्षिका गंगामाय ढकालले बोल्नु भएको थियो र संचालन शिक्षिका निलु लिम्बु( राई)ले गर्नु भएको थियो ।