शिवसताक्षी । झापाको शिवसताक्षी ८ स्थित डुडामारीमा रहेको जनआस्था बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा गोपाल कुँवर निर्वाचित हुनुभएको छ ।
संस्थाको १९ औ बार्षिक साधरण सभा तथा ७ औ अधिबेशनबाट कुँवर सहित सम्पुर्ण पदाधिकारीहरु सर्वसम्मत निर्वाचित भएका हुन ।
नव निर्वाचित अन्य पदाधिकारीहरुको उपाध्यक्षमा सन्त कुमार आङ्देम्बे,सचिबमा सन्दीप भण्डरी, सदस्यहरुमा क्रमशः बाहादुरसिंह सेर्मा ,ठाकुरसिंह सेर्मा ,पदम केशर श्रेष्ठ ,गुमानसिङ ढुङगाना, पुर्ण माया श्रेष्ठ र कमला कुँवर निर्वाचित भएको संस्थाका ब्यबस्थापक इन्द्रकुमार खत्रीले जानकारी दिए ।
शिवसताक्षी नगरपालिका वडा नं. ८ का वडाध्यक्ष सन्तकुमार फेवदिनले ब्यानर बाचन गरेर उद्घाटन गरेको साधारण सभा तथा अधिबेशनको संस्थाका अध्यक्ष जयश्वर आङ्देम्बेले अध्यक्षको प्रतिवेदन प्रस्तुत गरेका थिए। उनले सहकारी क्षेत्रमा देखिएका र सामाना गरिरहेको अनेक चुनौतिहका बाबजुत पनि आ.व. २०८१/०८२ मा ६ करोड ६० लाख २० हजार ३३ रुपैया वासलात रहेको जानकारी दिए । हाल संस्थामा ४सय ७५ जना शेयर सदस्य रहेको र संस्थाले शेयर पुँजी ८५ लाख ७८ हजार ७ सयको हाराहारीमा संकलन गर्न सफल भएको संस्थाको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
कार्यक्रमका प्रमुख अतिथि शिवसताक्षी नगरपालिका वडा नं. ८ का वडाध्यक्ष सन्त फेउदिनले सहकारीले बचत गर्ने बानी बसाल्दा ग्रामिण क्षेत्रका बासिन्दाहरुलाई उद्यमी बन्न प्रेरित गरेको बताए । थोरै थोरै गरेको बचतले ठूलो काम गर्न सकिन्छ । सहकारीबाट ऋण स्वरुप रकम निकाले साना तथा घरेलु उद्योग चलाउन सकिन्छ । उनले भने, त्यसमा इमान्दारिता र इच्छा शक्तिको आवश्यता पर्दछ । सहकारी नेपालमा भित्रिएसँगै धेरै रोजगारीको अवसर दिएको उनको भनाई थियो । कतिपय सहकारीहरु सहकारी ऐन नीति विपरित चल्दा डुबेका पनि छन् । त्यसलाइ नियमन गर्ने निकायले बेला बेलामा अनुगमन गर्दै जानु आवश्यक रहेको अध्यक्ष फेउदिनले बताए ।
सो अवसरमा असल निक्षेपकर्ता नानुमाया गुरुङ्ग, जेष्ठ सदस्य पुरुष तेजबहादुर निरौला ,जेष्ठ सदस्य महिल मिठु लिम्बु, बाल बचतकर्ता डिना राई र जन आस्था पुरस्कारबाट सरिता घोर्साने नगद सहित सम्मान पत्र द्वारा पुरस्कृत गरिएको थियो ।
शेयर सदस्यहरुको उल्लेखिय मात्रमा सहभागिता रहेको कार्यक्रमको स्वागत मन्तब्य उपाध्यक्ष गोपाल कुँवरले बोलेका थिए भने संचालन संस्थाका सचीव गंगाप्रसाद ओझाले गरेका थिए ।