logo
शुक्रबार, साउन २९ २०८३

लक्ष्मीनारायण मा. बि.काे विव्यस अध्यक्षमा : निरज


  • कुइनेटो न्युज
  • शनिबार, मंसिर १३ २०८२

शिवसताक्षी । झापाको शिवसताक्षी १ स्थित धरमपुरमा रहेको एक मात्र सामुदायिक बिध्यालय लक्ष्मीनारायण माध्यमिक बिध्यलयको अध्यक्षमा निरज राई ( निहाङ) सहित सम्पुर्ण पदाधिकारी सर्बसम्मत चयन भएका छ्न ।

आज बिध्यलयमा भएको अभिभावकहरुको बृहत भेलाले अध्यक्ष राई सहित सदस्य हरुमा मोहन सिनचेउरी,सरिता खडका ,लिला बहादुर चेम्जोङ ,संगिता लिम्बू र तारा लिम्बू रहेको बिध्यालयका प्रधानध्यपक खगेन्द्रबहादुर लम्जेलले जानकारी दिनु भयो  ।

उहाको अनुसार करिब ३ महिना देखि रिक्त रहेको ब्यबस्थापन समिति आज भएको अभिभावकहरुको भेलाबट पुर्णता पाए संगै बिध्यालयको गुणस्तरीय शैक्षिक सुधार र हरेक गतिविधि प्रभाबकारी ढंगबाट अघि बड्ने बताउनु भयो ।

ब्यबस्थापन समितिमा चयन हुने सम्पुर्ण पदाधिकारीहरु युवा र बौद्धिक भएकोले बिध्यालयको शैक्षिक गुणस्तर संगै चौतर्फी बिकसले फड्को मार्ने अपेक्षा रहेको उपस्थित अभिभावकहरुले बताएका छ्न ।
यता नव गठित ब्यबस्थापन समितिका अध्यक्ष राईले बिध्यलयको सुधार गर्नकोलागि सबै अभिभावकहरुले साथ सहयोग गर्नु पर्ने धारणा राख्नु भयो ।
समयको माग संगै बिध्यालयमा अंग्रेजी माध्यम तथा नयाँ धारम पठन -पाठन गराउन सके बिध्यार्थी संख्या वृद्धि हुने समेत अध्यक्ष राईले धारणा राख्नु भयो ।
यस बिध्यलयमा हाल कक्षा १२ सम्म अध्यपन भैइ रहेको छ । सो अवसरमा वडाकार्यलयका पदाधिकारी ,शैक्षिक सरोकारवाला ,सामाजिक ब्यक्तित्व, चन्दादाता लगयत अभिभावकहरुको उल्लेखनीय सहभागिता रहेको थियो ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend