logo
शुक्रबार, साउन २९ २०८३

प्रदेश सरकार द्वारा छनौट भएका योजना समयमै सम्पन्न गर्न जुटे चुलाचुली वासी


  • कुइनेटो न्युज
  • शनिबार, मंसिर ६ २०८२

कमल । कोशी प्रदेश सरकार बाट चालू आर्थिक वर्षका लागि विनियोजित बजेट कार्यान्वयनकालागी चुलाचुली १ नागरिक लागिपरेका छन् ।

कोशी प्रदेश सरकार द्वारा ईलामको चुलाचुली गाउँपालिका वडा नम्वर १ मा चालू आर्थिक वर्षका लागि छनौट भएका योजना र ति योजना निर्माण गर्न विनियोजित रकम कार्यान्वयनकालागी स्थानिय वासिका साथै सम्बन्धित कार्यलयका कर्मचारी लागि परेका हुन् ।


गाउँपालिकाको वडा नं १ मा छनौट भएका योजना अन्तर्गत माङ्क्तोक मार्ग कालोपत्रे (दुई करोड पचास लाख) बाँघद्वार खोलामा बेली ब्रिज निर्माण (दुई करोड) शिव ज्योति आधारभूत विद्यालय भवन निर्माण (तीस लाख) माकृहाङ मार्गमा ट्रस्ट ब्रिज निर्माण (दश लाख) कान्छी बजार दक्षिण सडक स्तरउन्नती (दश लाख) गर्न रकम समेत विनियोजन भएको ले सो योजनाहरुलाई समयमै सम्पन्न गर्न स्थानियका साथै सम्बन्धित कार्यालय लागिपरेको हो ।

योजनाहरुको प्रारम्भिक फिल्ड नाप जाँच कार्यकालागी शुक्रवार पूर्वाधार विकास कार्यालय इलामका इन्जिनियर द्वय सोहन कुमार महासेठ र प्रशान्त राई कोशी प्रदेश सरकार आर्थिक मामिला तथा योजना मन्त्री माननीय राम बहादुर राना मगरका स्वकीय सचिव सञ्जय राई,वडा नं १ का वडाध्यक्ष पूर्ण लावती लगायत स्थानीय सरोकारवालाहरुको उपस्थितिमा फिल्ड नाप जाँच कार्य सम्पन्न भएको छ ।


आफ्ना वडाका महत्वपूर्ण योजनाहरु छनौट गरी बजेट व्यवस्थापन गर्नु भएकोमा कोशी प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री माननीय राम बहादुर राना मगर र वडाका निजी सचिव सञ्जय राई, जनप्रतिनिधी र कर्मचारीलाई स्थानियले धन्यवाद दिनुभएको थियो ।

पूर्वाधार विकास कार्यालय इलाम बाट प्राप्त जानकारी अनुसार आउँदो आईतबार सम्ममा उल्लेखित योजना सहित अन्य योजना समेतगरि विस बाईस वटा योजनाहरुको ठेक्का बोलपत्र सूचना आब्हान हुने छ ।

 

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend