logo
मंगलबार, कार्तिक ११ २०८३

कमल प्याब्सनको खेलकुदका कार्यक्रम सूूरु


  • कुइनेटो न्युज
  • बिहिबार, मंसिर ४ २०८२

कमल । कमल निजी तथा आवासी विद्यालय अर्गनाइजेशन नेपाल (कमल प्याब्सन) को आयोजनामा  आज  बाट खेलकुदका कार्यक्रम सुरु भएका छन् ।

कमल प्याब्सनको आयोजनामा अएको पालिका स्तरीय खेलकुदका कार्यक्रम गाउँपालिकाको वडा नम्बर ३ स्थित केर्खा खेल मैदानमा दुईदिन सम्म सञ्चालन हुनेछ ।
प्याब्सनमा आवद्ध भएका विध्यालयहरु मध्ये १५ वटा विध्यालयका ६ सय खेलाडीका साथै खेल शिक्षक, प्रशिक्षक लगायतको उपस्थितीमा भएको उद्घाटन खेल प्याब्सन केशी प्रदेश सचिव गौरिमान फागोले उद्घाटन गर्नु भएको थियो ।


प्रतियोगितामा आधारभुत तह तर्फ छात्रछात्रा दुबैको १००÷२००÷४०० मिटर दौड,छात्र तर्फ फुटवल, चम्चा दौड, हिसाब दौड, स्याक दौड तथा माध्यमिक तह तर्फ छात्रछात्रा दुवैको भलिवल, १००÷२००÷४००÷ ८०० र १५०० मिटर दौड, रिले दौड, मार्शल आर्ट लगायतका खेलकुदका प्रतियोगित सञ्चालन हुने प्याब्सान कमलका सचिव त्रिलोचन गौतमले बताउनुभयो ।


प्याब्सन कमलका अध्यक्ष दिपक संग्रौलाको अध्यक्षतामा भएको प्रतियोगिता उद्घाटन कार्यक्रममा प्याब्सन कमलका पदाधिकारी लगायत स्थानिय संघ सस्थाका प्रमुख तथा प्रतिनिधीहरुको उपस्थिती रहेको थियो । फुटेज धजबतकबउउ मा छ ।

 

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend