logo
शुक्रबार, साउन २९ २०८३

प्रदेश सुरक्षा समन्वय समितिको बैठक सम्पन्न


  • कुइनेटो न्युज
  • बुधबार, मंसिर ३ २०८२

विराटनगर । प्रदेश सुरक्षा समन्वय समितिको बैठक आज मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय विराटनगरमा बसेको छ।

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीको उपस्थितिमा बसेको बैठकले प्रदेशको शान्ति सुरक्षा र अवस्थाको बारेमा छलफल गरेको छ।

 

आन्तरिक मामला तथा कानुन मन्त्री रेवती रमण भण्डारीको अध्यक्षतामा बैठक बसेको हो। बैठकले समग्र प्रदेशको शान्ति सुरक्षाको बारेमा छलफल भएको आन्तरिक मामला तथा कानुन मन्त्रालयले जानकारी दिएको छ।

बैठकपछि हालै प्रहरी अतिरिक्त महानिरीक्षकमा बढुवा हुनुभएका कोशी प्रदेश का प्रहरी नायब महानिरीक्षक ईश्वर कार्कीलाई मुख्यमन्त्री कार्कीले विदाई समेत गर्नुभएको थियो।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend