शिवसताक्षी । शिवसताक्षी १ स्थित धरमपुर बजार व्यवस्थापन समितिले आज वार्षिक साधारणसभा सहित आय – ब्याय सार्वजनिक गरेको छ ।
शिबसताक्षी–१ धरमपुर चोकमा साताको बुधबार लाग्दै आइरहेको धरमपुर हाटबजारको विकास र प्रवर्दनका निम्ति काम गर्दै आएको धरमपुर बजार व्यवस्थापन समितिले वार्षिक साधारणसभा तथा आय ब्याय सार्वजनिक गरेको हो ।
उक्त कार्यक्रममा कोषाध्यक्ष मिना कुमारी शाहीले ०८१-०८२मा धरमपुर बजार ब्यबस्थापन समितिले म बिभिन्न शिर्षकमा ५ लाख ७६ हजार ५ सय ६८ रुपैया आम्दानी गरि २ लाख ७ हजार ९ सय ७७ रुपैया खर्च गरि ३ लाख ६८ हजार ५ सय ९१ रुपैया बचत गर्न सफल भएको आयव्याय प्रस्तुत गर्नु भयो ।
शनिबार, धरमपुरमा आयोजित साधारणसभामा धरमपुर बजार व्यवस्थापन समितिका अध्यक्ष लीलाबहादुर जोशीले एक वर्षका संस्थागत गतिविधिहरु प्रस्तुत गर्नुभएको थियो । अध्यक्ष जोशीले धरमपुर चोकको सडक पेटीबाट बजारलाई अलग स्थानमा व्यवस्थापन गर्न भइरहेका प्रयोसका बारेमा बताउनुभएको थियो ।
अध्यक्ष जोशीका अनुसार २०७३ सालदेखि सञ्चालनमा आएको बजार सञ्चालन गर्नका लागि स्थानीयवासीहरुसंग भएका साथ र सहकार्यसंगै हाटबजारका लागि आउने व्यापारीहरुको स्वागत तथा सम्मानमा धरमपुर बजार व्यवस्थापन समितिका टिमले देखाएको सकारात्मक योगदानको चर्चा गर्नुभयो ।

अध्यक्ष जोशीले वार्षिक साधारणसभामा बजार सञ्चालनका दीर्घकालिन बनाइ राख्नका लागि जग्गा खोजीमा जोड दिदैंआएको, बजारसहितका आसपासका गाउँ टोलमा सडक बक्ति जडान गरिने, हाटबजार स्थलका टहरा मर्मत तथा संभारका लागि आम्दानीका श्रोत खोजी गर्ने, दाताहरुबाट प्राप्त हुन आएको सहयोगलाई लिपीबद्ध गर्ने, सहयोग करमलाई बित्तिय कारोबार गर्ने, सुरक्षार्थ धरमपुर चोकमा प्रहरी बिट स्थापना गर्ने, सवारीसाधन पार्किङका लागि उचित स्थान छनौट गर्ने, सौचालय र पिउने पानी निर्माण गर्ने, साना तथा मिनी टहरा र फोल्डिङ टहराहरु निर्माणका लागि नगरपालिकाको कार्यालयमा माग गर्ने प्रस्ताव पेश गर्नु भएको छ ।
समितिका अध्यक्ष लीलाबहादुर जोशीको अध्यक्षता र शिबसताक्षी–१ वडा सदस्य निर्मला पौडेल बराइलीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । उक्त कार्यक्रमलाई सम्बोधन गर्दै यस धरमपुर बजारको बिकास र प्रबर्द्धनको लागि वडा कार्यलय हातेमालो गर्न सधै तयार रहेको बताउनु भयो ।
सो कार्यक्रममा धरमपुर बजार व्यवस्थापन समितिले तिहारमा धौसीभैलो कार्यक्रमबाट संङकलित रुपैयासहित नामावलीसमेत प्रस्तुत गरिएको थियो । बजार व्यवस्थापन समितिका सदस्य तथा देउसीभैलो कार्यक्रमका संयोजक खगेन्द्र दाहालले तिहारको अवसरमा देउसीभैलो बाट रु १ लाख १३ हजार ५५० आम्दानी भएको बिबरण पेश गर्नुभएको छ ।
कार्यक्रममा धरमपुर बजार व्यवस्थापन समितिका सल्लाहकार सदस्य नारायणबहादुर थापा, धरमपुर बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक बिनोद ढकाल, समाजसेबी इन्दिरा बस्नेत लगायतका व्याक्तित्वहरुको उपस्थिति थियो ।
सामाजिका अगुवा तथा सल्लाहकार नगेन्द्रबहादुर बोहोराले शुभकामना मन्तव्य राखेको कार्यक्रममा बजार व्यवस्थापन समितिका सहसचिव दुर्गाबहादुर चेम्जोङले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रम संचालन सचिव मनकुमार श्रेष्ठले गर्नुभएको थियो ।