कमल ÷ नेकपा एमालेको एक महिने विशेष अभियान अन्तर्गत आज देशै भरका वडामा जनसभा सम्पन्न भएको छ ।
यसैक्रममा झापाको कमल गाउँपालिकामा समेत नेकपा एमाले कमल गाउँकमिटीको आयोजनामा गाउँपालिका सबै वडामा वडा जनसभा सम्पन्न भएको हो ।
गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलन पछि देशमा ठुलो संकट आएको छ । यस्तो अवस्थामा देशलाई जोगाउन नेकपा एमालेका सबै संगठनहरु आ आफ्नो ठाउँ बाट लाग्नु पर्छ भन्ने पार्टी केन्द्रिय कमिटीको निर्देशन बमोजिम एक महिने विशेष अभियान सफल पार्न देशै भरका वडामा एमालेले आज जनसभा सम्पन्न गरेको हो ।

एमालेले अघी सारेको एक महिन विशेष अभियान अनर्गत केन्द्रिय कमिटी बाट प्राप्त सर्कुलर बमोजिम कार्तिक २२ गते देशै भरमा वार्ड स्तरीय जनसभा सांस्कृतिक सभा गर्ने,कार्तिक २५ गते सबै पालिकामा बृहत् मोटरसाइकल र्याली तथा पालिका स्तरीय जनसभाको आयोजना गर्ने साथै कार्तिक २९ गते ७७ वटै जिल्ला स्तरीय जनसभाको आयोजना गर्ने कार्यक्रम रहेको वडा नम्बर ३ को जनसभामा उपस्थित पार्टी कार्यकर्तालाई एमाले जिल्ला कमिटी सचिवालय सदस्य चक्र बहादुर गुरुङले जानकारी गराउनु भएको थियो ।
नेकपा एमाले ३ नम्वर वडा कमिटी अध्यक्ष नर प्रसाद दंगालको अध्यक्षमा सम्पन्न भएको जनसभामा केन्द्रिय कमिटी सदस्य मेनुका काफ्ले गाउँकमिटी अध्यक्ष हरि ढकाल लगायत जिल्ला कमिटी गाउँकमिटी सदस्य लगायतको उपस्थिती रहेको थियो । कार्यक्रम गाउँकमिटी सचिव विरेन्द्र अधिकारीले सञ्चालन गर्नु भएको थियो ।

पछिल्लो समय देशमा जनताको बलिदानी पूर्ण सङ्घर्षबाट प्राप्त संविधान निस्तेज पार्ने काम भइरहेको अवस्थामा संविधानको रक्षाकालागी समेत एमालेले देशभर एक महिले विशेष अभियान सञ्चालन गर्नुको उद्देश्यका बारेमा वडा नम्बर ७ को जनसभामा उपस्थित पार्टी कार्यकर्तालाई प्रदेश कमिटी सदस्य तथा स्कुल विभाग उपप्रमुख भीम केरुङले जानकारी गराउनु भएको थियो ।
नेकपा एमाले ७ नम्वर वडा कमिटी अध्यक्ष राम घिमिरेको अध्यक्षतामा भएको कार्यक्रमा जिल्ला कमिटी सदस्य पृथ्बिीपति राई लगायत प्रदेश तथा जिल्ला किमिटीका सदस्यको उपस्थिती रहेको थियो । कार्यक्रम वडा कमिटी सचिव विक्रम निरौलाले सन्चालन गर्नु भएको थियो ।