logo
शुक्रबार, साउन २९ २०८३

साधुहोली सिमसार तथा पर्यटकिय क्षेत्रको निर्माण अन्तिम चरणमा


  • कुइनेटो न्युज
  • आइतबार, कार्तिक १६ २०८२

कमल । झापाको कमल गाउँपालिकाले पालिका भित्र पर्यटनको सम्भावना बोकेका क्षेत्रको विकासकालागी धमाधम काम गरिरहेको छ ।

यसै क्रममा वडा नम्बर ५ सिम्ले स्थित आन्तरिक पर्यटनको अत्यन्तै ठुलो सम्भावना बोकेको साधुहोली सिमसार तथा पर्यटकिय क्षेत्रको विकासकालागी निर्माण कार्य धमाधम भै रहेको जनाएको छ ।

पर्यटन क्षेत्रको विकास गर्न सेके समग्र पालिकोको विकास हुने भएकोले पनि यतिवेला
पालिका भित्र पर्यटनको ठुलो संभावना बोकेका साधुहोली सिमसार क्षेत्रको विकासकालागी गाउँलेपालिकाले विभिन्न योजना बनाएर काम गरिरहेको छ ।

साधुहोली सिमसार तथा पर्यटकिय क्षेत्रको विकासकालागी कमल गाउँपालिका र दिगो पर्यटन परियोजना (ग्ल्म्ए)को लागत साझेदारीमा निर्माणको अन्तिम चरणमा पुगेको कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईले बताउनु भयो ।

सिमसार क्षेत्रलाई व्यवस्थान गर्नकालागी संघीय अर्थ मंत्रालयको सहयोगमा पोखरीमा चलाउने बोर्ट (नाउ) ३ थान, शौचालय निर्माण,पोखरीको वरीपरी तारजालीको पर्खाल र बिजुलीको पोल बिस्तारकालागी मन्त्रालय बाट सहयोग प्राप्त भएको समेत अध्यक्ष राईले बताउनु भयो ।

 

 

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend