logo
शुक्रबार, साउन २९ २०८३

मुख्यमन्त्री कार्की द्वारा नेपाल सम्वत ११४६ को अवसरमा देश–विदेशमा रहेका सम्पूर्ण नेपालीलाई शुभकामना व्यक्त


  • कुइनेटो न्युज
  • बुधबार, कार्तिक ५ २०८२

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नेपाल सम्वत ११४६ को ऐतिहासिक अवसरमा देश–विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूलाई शुभकामना व्यक्त गर्नुभएको छ।

मुख्यमन्त्री कार्कीले जारी गरेको शुभकामना सन्देशमा नेपाल सम्वतलाई नेपालको गौरवपूर्ण इतिहास र मौलिक पहिचानसँग जोडिएको सम्वत भएको उल्लेख उल्लेख गर्नुभएको छ। उहाँले नेपाल सम्वतले नेपाली समाज, संस्कृति र सृजनशील परम्पराको निरन्तरताको प्रतीकका रूपमा सबै नेपालीहरूलाई आत्मसम्मान र गौरवको भावनामा जोड्ने आधार बनेको बताउनुभयो।

सन्देशमा मुख्यमन्त्री कार्कीले “समृद्ध नेपाल, सुखी नेपाली” को राष्ट्रिय आकांक्षा पूरा गर्न सबै जातजाति, भाषा, धर्म र संस्कृतिको एकता आवश्यक रहेको उल्लेख गर्दै सामाजिक एकतालाई अझ मजबुत बनाउने बताउनुभएको छ। उहाँले नेपाल सम्वतले हामीबीचको सहअस्तित्व, सहिष्णुता र सद्भावलाई अझ सुदृढ बनाउन प्रेरणा दिने विश्वास व्यक्त गर्नुभएको छ।

मुख्यमन्त्री कार्कीले कोशी प्रदेश सरकारले सबै जातजाति, भाषा, धर्म, संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्न प्रतिबद्ध रहेको बताउनुभएको छ। उहाँले विविधतामा एकताको भावनालाई आत्मसात गर्दै समृद्ध राष्ट्र निर्माणको अभियानमा अघि बढ्न शुभकामना सन्देशमार्फत आह्वान गर्नुभएको छ।

शुभकामना सन्देशमा उहाँले , “नेपाल सम्वत ११४६ ले सबैमा नयाँ उत्साह, उमङ्ग, ऊर्जा र समृद्धिको भावना जगाओस्।” भन्ने विषयलाई जोड दिनुभएको छ।

नेपाल सम्वतको प्रारम्भसँगै मुख्यमन्त्री कार्कीले राष्ट्रिय एकता, सहिष्णुता र गौरवको भावना सुदृढ हुँदै देशले समृद्धिको दिशामा थप कदम अघि बढाओस् भन्ने कामना उहाँले गर्नुभएको छ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend