logo
शुक्रबार, साउन २९ २०८३

कमल गाउँपालिकाले अस्थायी, सेवा करार र ज्यालादारी कर्मचारीको तलब भुक्तानी रोक


  • कुइनेटो न्युज
  • आइतबार, कार्तिक २ २०८२

कमल । झापाको कमल गाउँपालिकाले अस्थायी, सेवा करार र ज्यालादारी कर्मचारीको तलब भुक्तानी रोक्ने  भएको छ ।

कोशी प्रदेश स्थित कमल गाउँपालिकाले अस्थायी, सेवा करार र ज्यालादारी कर्मचारीहरूको तलब भुक्तानी गर्न नसकिने भन्दै    साे सम्बन्धी सूचना जारी गरेको छ।

गाउँपालिकाको कार्यालयबाट सार्वजनिक सूचनामा उल्लेख भए अनुसार, नेपाल सरकारको मिती २०८२/०६/०५ गतेको निर्णय तथा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र अर्थ मन्त्रालयको पत्रका आधारमा अस्थायी,करार र ज्यालादारी सेवामा कार्यरत कर्मचारीहरूको तलब, भत्ता र अन्य सुविधाहरू भुक्तानी गर्न नसकिने भन्दै  सुचना  जारि गरेको हाे ।

गाउँपालिकाका प्रमुख प्रशासनिक अधिकृत केशव कुमार ढकालद्वारा हस्ताक्षरित सूचनामा भनिएको छ,  मिती “२०८२/०७/०१ गते बसेको मन्त्रिपरिषद्को बैठकले यस विषयमा कुनै थप निर्णय नभएकाले अस्थायी, करार तथा ज्यालादारी सेवामा रहेका कर्मचारी, शिक्षक र प्राविधिकहरूको तलब भुक्तानी नगर्न निर्णय गरिएको हो।”

उक्त विषयमा अस्थायी, सेवा करार र ज्यालादारी लगायत अन्य कर्मचारीको सम्बन्धमा गाउँ कार्यपालिकाको मिति २०८२/०६/३० गते र २०८२/०७/०१ गते बैठक बसी  कार्यपालिकाले थप कुनै निर्णय गरेमा बाहेक २०८२/०७/०१ गते देखी लागु हुनेगरी निर्णय अनुसार, पालिका र वडा कार्यालयहरूमा कार्यरत अस्थायी, करार र ज्यालादारी सेवाका कर्मचारीहरूको तलब तथा भत्तासहितका अन्य सुविधा हाललाई रोक्का गरिएको छ।

यस सम्बन्धमा थप निर्णय नआउँदा सम्म ती कर्मचारीहरूले तलब भुक्तानी नपाउने कमल गाउँपालिका द्वारा  प्रकाशित सुचनामा जनाएको छ ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend