logo
मंगलबार, कार्तिक ११ २०८३

राजेन्द्र गुरुङ्गको खोज तलासका लागि सहयोग गर्न हेप्पी नेपालको आग्रह


  • कुइनेटो न्युज
  • बिहिबार, असोज ३० २०८२

दमक  । ५ दिन अघि देखि झापाको दमकवाट हराएका राजेन्द्र गुरुङ्गको खोज तलासका लागि सवैलाई सहयोग गर्न हेप्पी नेपाल दमकका अध्यक्ष कुमार गुरुङ्गले आग्रह गर्नु भएको छ ।
दमक १ स्थित हेप्पी नेपालकै कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा संस्थाका स्वयसेवक राजेन्द्रको खोजी कार्यमा सबैले सहयोग गरि दिनु हुन आग्रह गर्नु भएको हो । विगत २÷३ वर्ष अघि देखि संस्थामा स्वंयसेवकको रुपमा कार्य गरी रहेका ५४वर्षीय राजेन्द्र गत असोज २५ गते दिउसो हेप्पी नेपालवाट हराएको संस्थाका अध्यक्ष कुमार गुरुङ्गले बताउनु भयो ।
संस्थाकै सहकार्यमा राजेन्द्रको बहिनी मुनाले इलाका प्रहरी कार्यालय दमकमा हुलिया गरी सकेको हेप्पी नेपालले जनाएको छ । संस्था र राजेन्द्रको परिवारलवाट पनि झापा आसपास नातेदार साथी भाई सबैतिर खोजी गरी रहेको पनि अहिले सम्म नभेटी अध्यक्ष कुमारले बताउनु भयो ।
शुरुमा अत्यधिक मादक पदार्थ प्रयोगकर्ता रहेका राजेन्द्रलाई हेप्पी नेपालको सुधार गृहमा राखेर कुलत त्यागेर सुध्रिएपछि सोही संस्थाको बफदार स्वयसेवक रहेर जिम्मेवारी पुरा गरी संस्थाका महासचिव सुरेन्द्र कुमार श्रेष्ठले जानकारी दिनु भयो ।
सुस्त मनस्थिति भएर पनि औषधी खाइरहे पनि हेप्पी नेपालमा सेवा गरी रहेका दमक ५जागृति टोल बस्ने राजेन्द्र गुरुङ एक्कासी कसैलाई थाहा नदिइ दिउसो ३ वजे कार्यालयवाट हराएको बुझिएको छ । सोही पत्रकार सम्मेलनमा सहभागी राजेन्द्रकी बहिनी मुनाले पत्रकारहरुले राखेको प्रश्नको जवाफ दिदै अहिले सम्म आफना आफन्त नातागोता साथी भाई छर छिमेक सबैतिर खोजी गरी रहदा हाल सम्म नभेटिएको बताउनु भयो । कार्यालयमा सुरक्षागार्ड नराखेको र सोही समयमा सिसी क्यामेरा नचल्दा सोही समयमा मेरो दाजु हराउनुले केही शंका उब्जीएको राजेन्द्रको बहिनी मुना गुरुङ्गले गुनासो गर्नु भयो ।
सिसी क्यामेराको सन्दर्भमा हेप्पी नेपालका अध्यक्ष कुमारले जवाफ दिदै हेर्दा क्यामेरामा रेकर्ड भइ रहेको तर त्यसमा लाग्ने ब्यट्री सकिएका कारण रेकर्ड नभएको पछि मात्र थाहा भएको बताउनु भयो । प्राविधिक कुरा थाहा नहुदा बाघ पनि कराएको ब्राखा पनि हराएको अवस्था हो अध्यक्ष कुमार गुरुङ्गले भन्नु भयो ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend