logo
मंगलबार, कार्तिक ११ २०८३

शान्तिसंगम टोलको अध्यक्षमा : राई


  • कुइनेटो न्युज
  • बिहिबार, असोज ३० २०८२

कमल । कमल गाउँपालिका ३ स्थित शान्तिसंगम टोल विकास संस्थाको चौथो साधारण सभा सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष गणेश राई (ज्ञान सिंह) को अध्यक्षतामा सम्पन्न सभाले आगामी कार्यकालको लागी पुन राईलाई अध्यक्षमा चयन गरेको छ ।
त्यसैगरी उपाध्यक्ष धनपती गौतम सचिव राजेन्द्र लाहाल,कोषध्यक्ष मनिसा गौतम निर्वाचित हुनु भएको छ ।

त्यसैगरी सदस्यमा अर्जुन भट्टराई, लिलानाथ आचार्य राजेन्द्र राई, कविता बस्नेत, पुनम राई, नर्वदा तिवारी र हुमादेबी रम्तेल निर्वाचित हुनुभएको नवनिर्वाचित सचिव राजेन्द्र दाहालले जानकारी दिनुभयो ।

सभामा कमल गाउँपालिका ३ का वडाका कार्यवाहक अध्यक्ष भगवती राई, वडा सचिव देबी प्रसाद फुएल लगायतले साधारण सभा सफलताका साथै निर्वाचित हुनुहुने समितिलाईे बधाई तथा सफल कार्यकालको शुभकामना दिनुभएको थियो ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend