logo
शुक्रबार, साउन २९ २०८३

नेपालका लागि इजरायली पूर्वराजदूत गोदारले विपिनको फोटो पोष्ट गर्दै लेखे-सधैं सम्झिरहने छु


  • कुइनेटो न्युज
  • मंगलबार, असोज २८ २०८२

काठमाडौं । नेपालका लागि इजरायली पूर्वराजदूत हानान गोदारले विपिन जोशीलाई ‘ऊर्जावान र क्षमतावान’ युवा भनेर स्मरण गरेका छन् ।

हमास विद्रोहीबाट मारिएका जोशीसँगको भेटको तस्वीर सार्वजनिक गर्दै गोदारले विपिनलाई सधैं सम्झिरहने पनि बताएका छन् ।

लर्न एण्ड अर्न कार्यक्रमका लागि विपिन इजरायल प्रस्थान गर्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिदाइ गर्दाको तस्वीर फेसबुकमा पोष्ट गर्दै पूर्वराजदूत गोदारले सामाजिक सन्जालमा लेखेका छन्, ‘दुई वर्षको आशा आज अन्त्य भयो ।’

इजरायल जानुअघि विपिनलाई भेट्ने अवसर प्राप्त भएको भन्दै गोदारले थप लेखेका छन्, ‘उनी ऊर्जावान र क्षमतावान युवा विद्यार्थी थिए जो आफ्नो परिवार, समुदाय र देशका लागि राम्रो गर्न चाहन्थे ।’ उनले विपिनको शान्तिको कामना गर्दै सधैं सम्झिरहने उल्लेख गरेका छन् ।

हमासले इजरायलको किवुत्ज शहरमा आक्रमण गर्दा १० नेपाली विद्यार्थीहरु मारिएका थिए भने विपिन जोशी वेपत्ता पारिएका थिए । उनको मृत्यु भएको भन्दै हमासले मंगलबार इजरायललाई शव हस्तान्तरण गरेको छ । अब डिएनए टेष्ट गरेर विपिनको शव पुष्टि भएपछि परिवारलाई हस्तान्तरण गरिने इजरायलस्थित नेपाली राजदूतावासले जनाएको छ । अनलाइनखबर

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend