logo
शुक्रबार, साउन २९ २०८३

रतुवा खोलामा आएको बाढीले कमलका २१५ घरधुरी डुवानमा


  • उमानाथ भण्डारी
  • आइतबार, असोज १९ २०८२

कमल । अभिरल वर्षा पछि रतुवा खोलामा आएको बाढीले झपाको कमल गाउँपालिकामा ठूलो क्षति गरेको छ ।

लगातारको अविरल वर्षा पछि खोलामा आएको बाढीले कमल गाउँपालिकामा विभिन्न स्थानहरूमा डुबान र कटान गर्नुका साथै सयौं घर डुवानमा परेका छन् ।

रतुवा खोलाको बाढीका कारण गाउँपालिकाको वडा नं. ७ अन्तर्गत स्थित लालपानी देखी दक्षिण झर्काहा सम्मको क्षेत्रमा ठूलो क्षति पु¥याएको छ ।

बाढीका कारण २ सय १५ घरधुरी प्रभावित भएका छन्, जस मध्ये २६ घर अत्यन्तै जोखिमपूर्ण अवस्थामा रहेको जनार्यएको छ ।
कमल गाउँपालिका अध्यक्ष हुकुमसिंह राई, वडा जनप्रतिनिधिका साथै नेपाल रेडक्रश उपशाखकाका कमलका प्रतिनिधिहरूले स्थल निरीक्षण गरी प्रभावित परिवारहरूको अवस्था बुझ्ने कार्य गरेका छन् , भने कमल गाउँपालिका ७ नम्वर वडा कार्यालयले तत्काल राहतस्वरूप चिउरा र नुडल्स वितरण गरेको वडा अध्यक्ष पुथ्विपति राईले बताउनु भयो ।

यसैबीच, बाढीले वडा नं. ६ अन्तरगत खयरबारी क्षेत्रमा रहेको तटबन्धमा समेत केहि क्षती पुगेकोले जोखिम बढ्न सक्ने सम्भावन रहेको नेपाल रेडक्रस सोसाईटी कमलका सचिव पारश राईले बताउनु भयो ।

 

 

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend