शिवसताक्षी । शिबसताक्षी–१ धरमपुरका युवा समाजसेबी दुर्गा नेम्बाङले स्थानीय आधा दर्जन क्लबलाई फुटबल र भलिबल वितरण गर्नुभएको छ ।
युव शक्तिलाई खेलकुदको माध्यमद्धारा समाज रुपान्तरमा सहभागिता गराउने उदेश्यले उहाले खेलकुद सामाग्री बितरण गरेको बताउनु भयो ।
पछिल्लो समय समाजमा युवा शक्तिहरुमा लागुपदार्थ दुर्व्यवसनका प्रयोगकर्ताको वृद्धि संगै समाज अशान्त बनिरहेकोले आफुलाई चिन्ता लागेको व्यक्त गर्नुभयो । युवाहरु समाजको जिम्मेवार नागरिक बनाउनका लागि खेलकुद र संगीतलाई जोड्न जरुरी रहेकोले आफुले खेल सामग्री हस्तान्तरण गरेको नेम्बाङले बताउनुभयो ।
नेकपा (माओवादी केन्द्र) शिबसताक्षी नगर कमिटी अध्यक्षसमेत रहनुभएका नेम्बाङले वडा दशैंको अवसर पारेर वडा नम्बर १ का आधा दर्जन क्लब तथा खेलाडीहरुलाई फुटलब र भलिबल वितरण गर्नुभएको हो ।
मंगलबार धरमपुरस्थित इतिहासकार ईमानसिंह चेम्जोङको स्तम्भ परिसरमा एक कार्यक्रमको आयोजना गरेर नेम्बाङले रु ३५ हजार मूल्य बराबरका खेलकुद सामाग्री वितरण गर्नुभएको हो ।
सो क्रममा नेता नेम्बाङले फुटबल र भलिबल खेलमा विशेष रुची र चासो राखेर अघि बढ्ने नयाँ प्रतिभा खेलाडीहरुलाई उत्साहित बनाउन फुटबल र भलिबल वितरण गरेको बताउनुभयो ।
नेता नेम्बाङले अघिल्लो वर्षमा धरमपुरस्थित शुक्रबारे बजारमा भब्य कार्यक्रमबीच शिबसताक्षी–१ वडाभित्रका क्लब तथा खेलाडीलाई खेलकुद सामाग्ीहरु वितरण गर्नुभएको थियो ।
खेलकुद सामाग्री वितरणमा धरमपुर बजार व्यवस्थापन समितिका उपाध्यक्ष देउमान चेम्जोङ, पूर्व फुटबल खेलाडी नारायण कटुवाल, फूलबारी फुटबल क्लबका अध्यक्ष केशव शेर्मा, द्धन्द्ध कलाकार तथा निर्देशक धिरज परियार, पत्रकार सेलिङ केसी, गोविन ल्वागुन, किशोर राईसहित खेलाडीहरु, व्यवसायीहरु, अभिभावकहरु र खेलप्रेमीहरुको उपस्थिती रहेको थियो ।
सो कार्यक्रमको सञ्चालन स्थानीय व्यवसायी तथा कवि निहाङ किराँतीले गर्नुभएको थियो ।