कमल । झापाको कमल गाउँपालिकामा आज बडादशैं २०८२ को शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले)कमल गाउँकमिटीको आयोजना भएको सो कार्यक्रममा वृहत कार्यकर्ता भेटघाट एवम् बडा दशैंकों शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको हो ।

शुभकामना आदान प्रदान कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी एमालेका केन्द्रिय सदस्य तथा झापा क्षेत्र नम्वर ५ ईन्चार्ज दिकप कार्कीले बडादशै लगायतका चाडपर्वले देशमा सुशासन तथा सामाजिक सद्भाव कायम गर्न उर्जा मिल्नुका साथै हामी सबैेलाई सुुखशान्ति मिलोस भन्ने शुभकामना दिनुभयो ।

त्यसैगरी गत भदौ २३ र २४ गते भएको जेजनीको आन्दोलनका कारण अहिले देशमा मानविय तथा भौतिक क्षती भएको उल्लेख गदै आगामी दिनमा जेजनीमा माग सम्वोधन गर्नेगरी पार्टीले आफ्ना कार्यक्रम तयार गर्नु पर्ने समेत कार्कीले बताउनु भयो ।
एमाले पार्टी अहिले पनि कमजोर भएको छैन, पार्टीले कार्यकर्ताहरुको मनोवल बढाउने कार्यक्रम गर्न आवश्यक छ । व्याक्ति कमजोर हुन सक्छ तर पार्टी कमजोर छैन । जेनजीले उठाएका सही मागलाई पार्टीले पुरा गर्नु पर्ने पार्टी केन्द्रिय सदस्य तथा झापा क्षेत्र नम्वर २ ईन्चार्ज मेनुका काफ्लेले बताउनु भयो ।
आज जेनजी आन्दोलनका कारण देशमा धेरै ठुलो क्षती भएको छ । जेनजीले उठाएका सही मागलाई पार्टी नेतृत्वले पुरा गर्ने तर्फ लाग्नुपर्ने बेला आएको पार्टी प्रदेश कमिटी सदस्य तथा कमल ईन्चार्ज बेनु सिवाकोटीले बताउनु भयो ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले)कमल गाउँकमिटीका अध्यक्ष हरी ढकालको अध्यक्षतामा भएको कार्यकर्ता भेटघाट एवम् बडा दशैंकों शुभकामना आदान प्रदान कार्यक्रममा जिल्ला कमिटी उपाध्यक्ष शिव ढुङेल, सचिवालय सदस्य चक्र बहादुर गुरुङ,नारायण प्रसाद गौतम, जिल्ला कमिटी सदस्य नर्वदा गौतम, सिता निरौला, भिम प्रसाद राई प्रेम बहादुर पोख्रेल,पृथ्विपति राई,दिपक खड्का लगायतको उपस्थिती रहेको थियो ।
कार्यक्रम गाउँकमिटी सचिव विरेन्द्र अधिकारीले सञ्चालन गर्नु भएको थियो ।