logo
शुक्रबार, साउन २९ २०८३

चुलाचुलीमा स्थानिय पाठ्यक्रम “हाम्रो चुलाचुली” लोकार्पण


  • कुइनेटो न्युज
  • शुक्रबार, भाद्र १३ २०८२

चुलाचुली /  इलामको चुलाचुली गाउपालिकामा स्थानिय पाठ्यक्रम लोकार्पण गरिएको छ ।

गाउँपालिका शिक्षा शाखाको आयोजनामा आधारभुत तह कक्षा १ देखी ३ सम्मको स्थानिय पाठ्यक्रम “हाम्रो चुलाचुली“ लोकार्पण गरेको हो ।
पालिकामा गठन भएको पाठ्यक्रम निर्माण तथा बिकास कार्यदलले बिभिन्न सरोकारवाला, बिज्ञ, स्थानिय भाषा सस्कृती अध्यता, बाल अधिकारकर्मी लगायतको राय सुझाब र परामर्शका आधारमा तयार पारिएको स्थानिय पाठ्यक्रम सैदान्तिक र प्रयोगात्मक रहेको छ ।

१०० पुर्णाङ्कको पाठ्यभार रहेको सो पाठ्यक्रम बिषय शिक्षकले साप्ताहिक ५ पाठ्य घण्टा अध्यापन गराउनु पर्नेछ भने सो पाठ्यक्रमले चुलाचुलीको प्राकृतिक श्रोत र सम्पदा, सस्कार सस्कृती ऐतिहासिक र पर्यटकिय स्थलहरुको बारेमा, पेशा ब्यावसाय र प्रविधी, स्वास्थ्य सरसफाइ, प्रकोप र त्यसको ब्यावस्थापन, स्थानिय ब्यक्ती र सस्थाहरुको परिचय, सामाजिक मेलमिलाप र द्वन्द ब्यवस्थापान लायतका क्षेत्रहरु समेटने गरी तयार पारिएको गाउँपालिका शिक्षा शाखा प्रमुख राम प्रसाद मिश्रले बताउनु भयो ।


नेपाल सरकार शिक्षा बिज्ञान तथा प्रविधी मन्त्रालय, पाठ्यक्रम बिकास केन्द्रले स्थानिय सरकार बिद्यालय तथा शिक्षकहरुलाई आधारभुत तहको पाठ्यक्रम २०७६ स्थानिय पाठ्यक्रम प्रारुप २०७१ तथा स्थानिय पाठ्यक्रम बिकास तथा कार्यान्वयन मार्गदर्शन २०७६ जस्ता महत्वपुर्ण निर्देशिका तथा पाठ्यक्रम प्रारुप हरुको बिकास गरिसकेकाले चुलचुली गाउपालिकाले हाम्रो चुलाचुली नामक स्थानिय पाठ्यक्रम प्रकाशन गरेको हो ।


कार्यक्रमा स्थानिय पाठ्यक्रम निर्माण तथ बिकास कार्यदल २०७७ का सदस्य कमल प्रसाद अधिकारी, छवी खनाल,दिल कुमार आङदेम्बे र सरस्वती शिवा लाई सम्मान गरिएको थियो ।

चुलाचुली गाउपालिकाको शिक्षा शाखा प्रमुख राम प्रसाद मिश्र को अध्यक्षतामा भएको कार्यक्रममा गाउपालिका अध्यक्ष राजेन्द्र केरुङ, उपाध्यक्ष दिल कुमारी लावती लिम्बु, वडाध्यक्ष, बिद्यालय ब्यवस्थापन समितीका पदाधिकारी , विध्यालयका प्रधानाध्यापक ,शिक्षक तथा कर्मचारी लगायत स्थानिय सरोकारवालाको उपस्थिती रहेको थियो ।

 

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend