कमल । नेपाली महिला हरुको महान चाड हरितालिका तीजका अवसरमा आज देशैभरका महिलाहरु निराहार व्रत बसी नाचगान गर्दै रमाईलाका साथ तिज मनाई रहेका छन् ।

यसै क्रममा झापाको कमल गाउँपालिका ३ स्थित समावेसी महिला शसक्तिकरण केन्द्रले समेत नेपाली महिला हरुको महान चाड हरितालिका तीजका अवसरमा शुभकामना आदान प्रदान का साथै नाचगान गर्दै तिज बनाएको छ ।

शसक्तिकरण केन्द्रकी अध्यक्ष पुर्ण कुमारी देवानको अध्यक्षता तथा कमल गाउँपालिकाका उपाध्यक्ष प्रमिला न्यौपाने तिवारीको प्रमुख अतिथ्यतामा भएको तिज विशेष कार्यक्रममा विभिन्न संघ सस्थाका प्रमुख तथा प्रतिनिधी, किर्तन मण्डलीका प्रतिनिधी लगायतको उपस्थितीमा तिज विशेष कार्यक्रम मनाएको हो ।

केन्द्रकी सहसचिव देवि माया नेपालले सन्चालन गरेको कार्यक्रममा उपस्थित अतिथी तथा सहभागीलाई सदस्य सृजना ढकालले शाब्दिक शब्द द्घारा स्वागत गर्नु भएको थियो ।