कमल । झापाको दमक स्थित आस्था कलेज दमक, युनिक कलेज, झापा क्याम्पस, एकता एकेडेमी र दमक आदर्श बोडिङ्ग स्कूलले आज संयुक्त रुपमा नेपाली महिलाहरुको महान चाड हरितालिका तिज विशेष कार्यक्रम मनाएको गरेको छ ।
कलेजले संयुक्त रुपमा आयोजना गरिएको तिज विशेष कार्यक्रममा क्याम्पस सञ्चालक, क्याम्पस प्रमुख , सहायक क्याम्पस प्रमुख, प्राध्यापक, शिक्षक तथा कर्मचारीहरुले संयुक्त रुपमा दर खानुका साथै नृत्य गरेर रमाईलो गरेको क्याम्पसले जनाएको ।

अन्य समय आफ्नै कार्य व्यस्ततामा एक आपसमा घुलमिल हुन नपाएका सहमर्कि संग यसरी संगै दर खादै रमाईलो गर्न पाउदा एक आपसमा अझ प्रघाड सम्बन्ध हुनुका साथै आफ्नो संस्कार सस्कृतीको समेत संरक्षण हुने युनिक कलेजकी सहायक प्राध्यापक अनु भण्डारीले बताउनु भयो ।
दिनभरि काममा व्यस्त भएर फुर्सद नभएपनि यस्ता चाडपर्वले सबैलाई एकै ठाउमा जम्मा गराउनाले समेत तिजको महत्व धेरै रहेको छ ।