logo
मंगलबार, कार्तिक ११ २०८३

अनेम संघ (क्रान्तिकारी) शिवसताक्षीको नगर भेलाका साथै तिज विशेष कार्यक्रम सम्पन्न


  • कुइनेटो न्युज
  • सोमबार, भाद्र ९ २०८२

कमल । अखिल नेपाल महिला संघ (क्रान्तिकारी) शिवसताक्षी नगर कमिटीको नगर भेलाका साथै नेपाली महिला हरुको महान चाड हरितालिका तिज विशेष कार्यक्रमः–२०८२ सम्पन्न भएको छ ।

नेकपा माओवादी केन्द्र शिवसताक्षी नगर कमिटीद्वारा आयोजित कार्यक्रममा नगर भेला द्वारा रिता लामा थापाको संयोजकत्वमा २१ सदस्यीय कमिटी गठन गर्दै नगर भेला सम्पन्न भएको थियो ।


नेकपा माओवादी केन्द्र शिवसताक्षी नगर अध्यक्ष दुर्गा नेम्बाङको सभाध्यक्षमा तथा केन्द्रीय कमिटी सदस्य तथा पुर्व कृषिमन्त्री झलकसिं दर्लामिको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विशिष्ट अतिथि कोशी प्रदेश कमिटीका सचिवालय सदस्य कल्पना कार्कि, प्रदेश कमिट सदस्य तथा अनेम संघ क्रान्तिकारीका प्रदेश कमिटि सचिव भुमिका कोईराला, ,जिल्ला कमिटि सदस्य तथा नगर ईन्चार्ज एनपि लामिछाने, जिल्ला कमिटि सदस्य रामजि कार्कि, पुर्व नगर उपाध्यक्ष गणेश बजगाई,अनेम संघ क्रान्तिकारी जिल्ला उपाध्यक्ष कचालि ताजपुरिया, जिल्ला सदस्य अम्बिका आचार्य लगायतको उपस्थिती रहेको थियो ।


नगर कमिटी अध्यक्ष दुर्गा नेम्बाङले कार्यक्रमको औचित्य माथी प्रकाश पार्नु भएको थियो भने पार्टी केन्द्रीय कमिटी सदस्य तथा पुर्व कृषिमन्त्री झलकसिं दर्लामि, अनेम संघ क्रान्तिकारीका प्रदेश कमिटि सचिव भुमिका कोईराला लगायतले नवनिर्वाचित नगर कमिटीलाइ कार्यकाल सफलताको शुभकामनाका साथै पाली महिला हरुको महान चाड हरितालिका तिजको शुभकामना दिनु भएको थियो ।

कार्यक्रम पार्टी नगर कमिटीका सह–सचिव देविका खनालले सञ्चालन गर्नु भएको थियो भने कचालि ताजपुरियाले शाब्दिक शब्द द्वारा स्वागत गर्नु भएको थियो ।

 

 

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend