logo
शुक्रबार, साउन २९ २०८३

महिला पतञ्जली योग समिती कमलको तिज विशेष कार्यक्रम सम्पन्न


  • उमानाथ भण्डारी
  • बिहिबार, भाद्र ५ २०८२

कमल । महिला पतञ्जली योग समिती कमलले आज हिन्दु नारीहरुको महानपर्व हरितालिका तिज विषेश कार्यक्रम मनाएको छ ।
समितिले विहान दैनिक योग अभ्यास पछि विभिन्न कार्यक्रम गरेर तिज विषेश कार्यक्रम मनाएको हो ।

कमल ३ स्थित सिंहदेवी साधना केन्द्रमा भएको कार्यक्रममा कमल गाउँपालिका भित्र सञ्चालनमा रहेका ज्योती साधना केन्द्र कमल ४, सन्तानेश्वर साधना केन्द्र्र कमल ६ लगायत विभिन्न साधना केन्द्र बाट समेत सहभागीता रहेको थियो ।


यस्ता कार्यक्रमले एकअर्का बिच माया सद्भाव र प्रेम बढाउने गर्दछ । त्यसैले महिला पतन्जली योग समिति झापाले जिल्लाभरी विभिन्न कार्यक्रम गर्दै तिज विषेश कार्यक्रम मनाउदै छ । दैनिक अभ्यासका साथै स्वास्थ्यकर खानपानले मात्र हाम्रो स्वास्थ्य राम्रो हुने भएकोले यस तर्फ सबैले ध्यान प्र्याउनु पर्ने महिला पतञ्जली योग समिती झापाकी अध्यक्ष प्रेमकला निरौलाले बताउनु भयो ।


महिला पतञ्जली योग समिती कमलकी अध्यक्ष मिना ओझाको अध्यक्षतामा भएको कार्यक्रमममा प्रशिक्षण विभाग प्रमुख निर्मला गजुरेल, सल्लाकार मनमाया कार्की, पतञ्जली योग समिती कमलका अध्यक्ष तिलोचन गौतम, उपाध्यक्ष प्रेम विमली, महामन्त्री मोहनलाल खनाल, कोषाध्यक्ष रविन्द्र प्रकास चापागाई, सस्थापक अध्यक्ष उमानाथ भण्डारी, पतञ्जली योग समिती कमल ४ का संयोजक मित्रलाल पोख्रेल,कमल ६ का संयोजक चक्रवती बानिया, सन्तानेश्वर साधना केन्द्र्र कमल ६ का संयाजक दिपक सुवेदी, लक्ष्मिनारायण किर्तन मण्डलीका अध्यक्ष लोकनाथ भण्डारी लगायतको उपस्थिती रहेको थियो ।


कार्यक्रम महिला पतञ्जली योग समिती कमलकी महामन्त्री ईन्दिरा गौतमले सञ्चालन गर्नु भएको थियोभने उपाध्यक्ष अम्बिका प्याकुरेलले शाब्दिक शब्द द्वारा स्वागत गर्नु भएको थियो ।

 

 

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend