logo
शुक्रबार, साउन २९ २०८३

पुवा खोलामा निर्मित बेलीब्रिज उद्घाटन


  • कुइनेटो न्युज
  • बुधबार, भाद्र ४ २०८२

ईलाम  । ईलाम नगरपालिका वडा नं. ९ र ११ जोड्ने पुवा खोलामा निर्मित बेलीब्रिज औपचारीक सञ्चालनमा आएको छ । बुधबार भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल र नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवले उद्घाटन गर्नु भएको हो ।

भारतीय सरकारको सहयोगमा सो पुल उपलव्ध भएको हो । उक्त पुल सञ्चालनमा आएसँगै ताप्लेजुङ्, पाँचथर र ईलामका बासिन्दालाई झापा सम्मको आवत जावत सहज भएको छ । उक्त पुल ४८.८ मिटरको रहेको सडक डिभिजन कार्यालय ईलामका प्रमुख पवन भट्टराईले जानकारी दिनुभयो ।

१ करोड ४८ लाख रुपैयाँको लागतमा सागर–शुभारम्भ–एरिसा जेभीले सो पुल निर्माण गरेको हो । ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend