चुलाचुली/झापाको दमक मा मुख्य कार्यलय रहेको मेची बहुउद्धेश्य सहकारी सस्था चुलाचुली सेवा कार्यालयले आफ्नो २९ औ वार्षिक उत्सब तथा ३१ औ साधारण सभा शनिबार सम्पन्न भएको छ ।
सभा चुलाचुली गाउपालिका ३ स्थित सेमिच्योङ भवनमा सम्पन्न भएको हाे ।
सेवा कार्यालय ब्यवस्थापन उपसमिती संयोजक सन्जय राइको अध्यक्षता मा सन्चालित सो साधारण सभा तथा वार्षिक उत्सव कार्यक्रम मा सस्थाका अध्यक्ष नारायण प्रसाद भट्टराई, सन्चालक समिती सदस्य हरु काशिनाथ थापालिया , मिनाकुमारी कोईराला , सिता कार्की, रत्न कुमारी तामाङ ,सुकदेब लुइटेल ,लेखा सुपरिवेक्षण समिती संयोजक कृष्ण प्रसाद दहाल शिक्षा समान्वय उपसमिती सदस्य लक्ष्मी प्रसाद दहाल तथा सल्लाहकार समिती सदस्य निर्मला दहाल प्रमुख कार्यकारी अधिकृत खोम प्रसाद बगाले लगायत बिभिन्न सेवा केन्द्र प्रमुख , बिभिन्न बिभागिय प्रमुख हरुको उपस्थिती मा कार्यक्रम सन्चालन भएको हो ।
कार्यक्रम मा स्वागत मन्तब्य ब्यवस्थापन उपसमिती सदस्य कालिदाश भट्टराइले गर्नु भएको थियो भनें चुलाचुली सेवा कार्यालय कर्जा उपसमिती संयोजक घना श्याम पौडेल ले सन्चालन गर्नु भएको थियो ।

उक्त वार्षिक उत्सब तथा साधारण सभामा बोल्दै सस्थाका सन्चालक समिती अध्यक्ष नारायाण प्रसाद भट्टराइ ले पछिल्लो समय सरकारी बिद्यालयहरु अलिक ब्यवस्थित नभएको र निजी बिद्यालय हरुमा शुल्क अत्यन्तै चर्को भएका कारण यि दुइ किसिम का बिद्यालय हरुको बिचमा ठुलो सम्भावना भएकाले मेची सहकारीले आवश्यक परेको खण्डमा अन्य सहकारीहरु संग सहकार्य गरेर भए पनि सहकारी बिद्यालय सन्चालन गर्ने बताउनु भयो ।
अधय्क्ष भट्टराइ ले सस्था मार्फत सन्चालन हुने अन्य नयाँ कार्यक्रम हरुमा मेची आवास २ , खाने पानी उध्योग सन्चालन सदस्य लाई अटो मालिक बनाउने कार्यक्रम , सहकारी बिषयमा बिद्यावारिधी गर्ने सदस्य तथा सदस्य का सन्तान लाई आर्थीक सहयोग लगायतका थुप्रै कार्यक्रम हरु रहेको बताउनु भयो ।
सो सेवा कार्यालयगत साधारण सभा तथा वार्षिक उत्सबको कार्यक्रममा सन्चालक समिती अध्यक्ष नारायण प्रसाद भट्टराइले प्रस्तुत गर्नु भएको प्रतिवेदन,लेखा सुपरिवेक्षण समिती का संयोजक कृष्ण प्रसाद दहाल ले प्रस्तुत प्रतिवेदन सस्थाका सहब्यवस्थापक चन्द्र प्रसाद थापाले प्रस्तुत गर्नु गर्नु भएको लेखा परिक्षक को प्रतिवेदन आर्थीक वर्ष २०८२/८३ को अनुमानित आयब्यय लाई सर्वसम्मत पारित समेत गरिएको थियो भने सेवा कार्यालय मा उत्कृष्ट कारोवार गर्ने तायमी साम्पाङ्ग राइ,सनमान माबो ,शर्मिला लिम्बु तथा रेमिट्यान्स तर्फ बिन्द्र राइ ,बिद्यालय प्रथम श्री पन्चकन्या आधारभुत बिद्यालय कि छात्रा साइना श्रेष्ठ लाई सम्मन समेत गरिएको थियो ।
कोशी प्रदेशका इलाम ,झापा र मोरङ्ग जिल्लाका बिभिन्न थान हरुमा सन्चालित १२ सेवा कार्यलयहरु मार्फत १७ हजार ६ सय ५६ जना शेयर सदस्य हरु मार्फत ४ अर्ब् ४६ करोड ९१ लाख ४४ हजार ४ सय ७८ रुपैया बराबर को सम्पत्ती जोडदै नेपालकै उत्कृष्ट र नमुना सहकारीको रुपमा चिनिदै आएको मेची सहकारी लाई नबीनतम कार्यक्रम हरु ल्याउने अग्रगामी सहकारीका रुपमा समेत मानिस हरुले चिन्न थालेका छन ।
खासगरी निम्न र मध्यम बर्गका मानिसहरुको रोजाइमा पर्ने मेची सहकारीले आफ्नो ५ औ शाखाका रुप मा २०७९ चैत्र १२ गते देखी इलामको चुलचुली गाउपालिका वडा नम्बर ४ स्थित आइतबारे बजारमा सेवा कार्यालय स्थापना गर्दै आएको र हाल सम्म ४ सय ९२ जना शेयर सदस्यहरु मार्फत कारोबार गरिराखेको जसमा ५२ लाख ३५ हजार शेयर रकमका साथमा ८ करोड २० लाख २२ हजार ३ सय ३६ रुपैया सदस्य हरुलाई र् ॠण लगानी गरेको अवस्था मा रहेको मेची बहुउद्धेश्य सहकारी सस्था प्रती दिनानु दिन मानिस हरुको बिश्वास बढिरहेको छ ।