logo
शुक्रबार, साउन २९ २०८३

झापामा ‘एक युवा पाँच विरुवा’ अन्तर्गत राष्ट्रिय युवा संघको वृक्षारोपण


  • कुइनेटो न्युज
  • शनिबार, साउन ३१ २०८२

बिर्तामोड । एक युवा पाँच विरुवा अभियान अन्तर्गत कनकाईमा आज वृक्षारोपण गरिएको छ । राष्ट्रिय युवा संघ झापाले केन्द्रीय कार्यक्रम अन्तर्गत वृक्षारोपण गरेको हो ।
जिल्लामा एक युवा पाँच विरुवा अभियान सञ्चालन गरिरहेको युवा संघले सबै पालिकामा वृक्षारोपण कार्यक्रम सञ्चालन गर्ने जनाइएको छ ।

‘संरक्षण प्रकृतिको, सुरक्षा सन्ततीको’ नारासहित युवा संघले एक महिने वृक्षारोपण अभियान सञ्चालन गरिरहेको केन्द्रीय सदस्य झापा इञ्चार्ज खगेन्द्रराज आङ्देम्वेले जानकारी दिए । युवा संघले आज कनकाई नगरपालिका – २ स्थित सुकेडाँगी सामुदायिक वनको जन्मोत्सव पार्कमा वृक्षारोपण गरेको हो ।

जन्मोत्सव पार्कमा आँप र लिचीका विरुवा रोपिएको राष्ट्रिय युवा संघ झापाका अध्यक्ष फूर्वा लामाले जानकारी दिए । उनले सबै पालिकामा अभियान पुराउने बताउनु भयाे  ।
कनकाई नगर कमिटीले व्यवस्थापन गरेको कार्यक्रममा केन्द्रीय सदस्य झापा इञ्चार्ज आङदेम्बे, नेकपा एमाले झापाका उपाध्यक्ष शिव ढुङगेल, कनकाई नगरपालिकाका नगर प्रमुख राजेन्द्र कुमार पोखरेल, वनका अध्यक्ष बलराम रिजाल लगायतले मन्तव्य राख्नै प्रकृति संरक्षणका लागि वृक्षारोपण गरेकोमा युवाहरुलाई धन्यवाद दिनुभयाे ।

जलवायु परिवर्तनले प्रकृतिको सुरक्षामै समस्या भइरहेको बेला वृक्षारोपण गरेर महत्वपूर्ण काम गरेको वक्ताहरुको भनाई थियो ।
जिल्ला अध्यक्ष फूर्वा लामाको अध्यक्षतामा भएको वृक्षारोपणको सञ्चालन युवा संघका नेता विनोद रानाले गर्नु भएको थियो ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend