कमल । राष्ट्रिय युवा संघ नेपाल कमल गाउँ कमिटीको तेस्रो गाउँ अधिवेशन सम्पन्न भएको छ ।
शुक्रवार सम्पन्न अधिवेशनले प्रकाश आङ्गवोलाई पुनःअध्यक्षमा चयन गरेको छ । त्यसैगरी उपाध्यक्षमा योगेश थुलुङ्ग, सचिव अरुष दास सह सचिव दिनेश चौहान र ऐश्वर्या चौहान कोषध्यक्ष अरुण कार्की निर्वाचित हुनु भएको छ ।
त्यसैगरी राजेश गजुरेल, भवानी अधिकारी, बम बहादुर दर्जी, आशिष भण्डारी, रोशन मगर, प्रशान्त गुरुङ्ग, पारुहाङ्ग राई,मनोज बराईली, प्रस्ताव मगर, पुर्ण राई, नविन विष्ट, विक्रम राई, ईन्द्र बाहादुर लिम्बु, सुसान्त न्यौपाने र हरि अधिकारी निर्वाचित हुनु भएको नेकपा एमाले जिल्ला कमिटी सदस्य दिपक खड्काले जानकारी दिनुभयो ।
राष्ट्रिय युवा संघ नेपाल कमल गाउँ कमिटी अध्यक्ष प्रकाश आङ्गवोको अध्यक्षतामा सम्पन्न भएको अधिवेशको प्रमुख अतिथी नेकपा एमाले केन्द्रिय कमिटी सदस्य दिपक कार्की विशिष्ट अतिथी राष्ट्रिय युवा संघ नेपाल केन्द्रीय कमिटी सदस्य तथा झापा इन्चार्ज राजआङ्गदेम्बे,जिल्ला कमिटी अध्यक्ष फुर्वा लामा नेकपा एमाले प्रदेश कमिटी सदस्य वेनु सिवाकोटी,नेकपा एमाले प्रदेश लेखा आयोज सदस्य प्रमिला तिवारी, जिल्ला किमिटी सदस्य चक्र गुरुङ्ग, सिता निरौला लगायतको उपस्थितीका बिच अधिवेशन सम्पन्न भएको थियो ।