logo
शुक्रबार, साउन २९ २०८३

शिवसताक्षीमा श्रीकृष्ण जन्मास्ट्मीको अवसरमा रथ यात्रा हुने


  • गोविन्द ल्वागुन
  • बुधबार, साउन २१ २०८२

शिवगञ्ज । झापाको शिवसताक्षीमा भाद्र १ गते श्रीकृष्ण जन्मास्ट्मीको अवसरमा बृहत रथ यात्रा हुने भएको छ । शिवसताक्षी–६, शिवगञ्जस्थित सनातन धर्म संवर्धन संस्थाको आयोजनामा भगवान श्रीकृष्णको रथयात्रा गर्ने भएको हो ।

संस्थाले मङ्गलबार शिवगंज बजारमा पत्रकार सम्मेलनको आयोजना गरेर आगामी भाद्र १ गते (श्रीकृष्ण जम्माष्टमी) को दिनको १ बजे रथयात्रा गर्न लागिएको संस्थाका अध्यक्ष माधब अधिकारीले जानकारी दिनुभयो । संस्थाका अध्यक्ष माधव अधिकारीले सनातन धर्म, संस्कृति र संस्कारको प्रवद्र्धन गर्दै भक्तिभाव जगाउने उद्देश्यले रथ यात्राको आयोजना गरिएको बताउनु भयो ।

अध्यक्ष अधिकारीले भन्नुभयो, यस पटक १५ हजार माथि भक्तजनहरुलाई रथ यात्रामा सहभागी गराउने उद्देश्य रहेको छ ।

रथमा राधाकृष्णको मूर्ति राखी शिवगञ्जबाट भेलानुनी, कटुवालचौक, जनता चौक, हवल्दाररचोक, पाथिभरा मन्दिर, दुर्गामन्दिर, शिवालय मन्दिर लगायत प्रमुख मार्गहरू हुँदै परिक्रमा गरिने पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको छ । सो अवसरमा भजन–कीर्तन, संस्कृत मन्त्रोच्चारण, पूजाआजा लगायतका विविध धार्मिक कार्यक्रम पनि समावेश गराइने छ । श्रावण ३१ गते बेलुकी गंगा आरती, भजन कीर्तन लगायतका कार्यक्रमहरु हुने छ भने भाद्र १ गते दिनको ठिक १ बजे रथ यात्रा सुरु हुने सो अवसरमा बताइएको छ ।

 

कार्यक्रमका लागि शिवसताक्षी नगरपालिका, वडा कार्यालय र विभिन्न धार्मिक व्यक्तित्वहरुको सहयोग रहने अध्यक्ष अधिकारीको भनाई छ ।

रथयात्रा सफल बनाउन जस्तो सुकै परिस्थिति रहे वडाले सहयोग गर्ने वडा न. ६ का वडध्यक्ष मनोज खुलालले बताउनु भयो । उहाले शिवगञ्ज बजारमा यस्तो कार्यक्रमको आयोजना गर्नु गौरवको कुरा भएकाले धार्मिक व्यक्तित्वहरुलगायत वडाबासीहरुलाई रथयात्रामा सहभागी हुन आवहन समेत गर्नु भयो ।

त्यस्तै कार्यक्रममा वडा नम्बर ५ का वडाध्यक्ष सिकिन पास्वानले धार्मिक हिसाबले पनि आफ्नो ठाउँलाई विकास गर्न सकिन्छ भन्ने उद्देश्यले पनि कार्यक्रम व्यवस्थित हुने जानकारी दिनुभयो । यो कुनै धर्म र जाति विशेषलाई इग्गित नगरी झापा जिल्लाको उत्कृष्ट रथ यात्राको रुपमा स्थापित गर्नको सबैले सहयोग गर्न आग्रह गरे ।

आयोजकले रथयात्राको तयारी भव्य र शालीन ढंगले सम्पन्न गर्न स्थानीयवासी, संघसंस्था र युवा समूहसँग सहकार्य भइरहेको जनाएको छ ।

स्थानीय स्तरमा यस प्रकारको धार्मिक यात्रा दोस्रो पटक हुन लागेको जनाउँदै आयोजकले सबै नागरिकलाई सहभागिता जनाउन आग्रह गरेका छन् । रथ यात्रा सनातन धर्मको मूल मर्म अनुसार श्रद्धा, सेवा र समर्पण भावले सम्पन्न गरिने आयोजकको भनाइ छ ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend