logo
शुक्रबार, साउन २९ २०८३

चुलाचुलीमा ५० प्रतिशत अनुदानमा ६० जना कृषकलाइ सिँचाइ मोटर बितरण


  • कुइनेटो न्युज
  • बुधबार, असार २५ २०८२

चुलाचुली÷इलामको चुलाचुली गाउपालिकाले ५० प्रतिशत अनुदान सहयोगमा सिँचाइ मोटर बितरण गरेको छ ।

पालिका भित्र बिभिन्न वडामा सहेका व्यवसायीक ६० जना कृषकहरु लाई ५० प्रतिशत अनुदान सहयोगमा सिँचाइ मोटर बितरण गरेको हो ।

गाउपालिका कृषी बिकाश शखाको आर्थिक वर्ष २०८१÷८२ को मागमा आधारित कृषी उपकरण खरिद अन्तरगत स्विकृत कार्यक्रम मार्फत मोठर वितरण गरिएको हो । गाउपालिका वडा नम्बर १ देखी ५ सम्म का ६० जना कृषक १७ लाख मुल्य बराबरको बिभिन्न क्षमताका पानी तान्ने मोटर पम्प उपलब्ध गराइएको कृषी विकास शाखाले जनाएको छ ।

भौगोलिक बिविधता भएको चुलाचुली गाउपालिकामा कृषकहरुको आवश्यकता र सदुपायोगिता लाई मध्य नजर गर्दै बिभिन्न क्षमताका मोटर पम्पहरु मध्य २ एच.पि. ३ इन्च क्षमता को २३ थान, १ एच.पि. २ इन्च को २२ थान र १ एच.पि. १ इन्च को ८ थान तथा २ एच.पि. को सम्बरसिवल पम्प ७ थान गरी जम्मा ६० थान मोटर बितरण गरिएको हो ।

किषान हरुको आवश्यकताका आधारमा मोटर बितरण गरिएको हो । चुलाचुली गाउपालिका का बिभिन्न क्षेत्र मा सिचाइ का लागी नहरहरु समेत सन्चालनमा रहेको तर नहरको सिचाइृ बाट बन्चित कृषकलाई सिचाइमा सहयोग पुर्याउने उद्धेश्य ले मोटर पम्प बितरण गरिएको चुलाचुली गाउपालिका का अध्यक्ष राजेन्द्र केरुङले बताउनु भयो ।


चुलाचुली गाउपालिकामा कमल खोला,चाजु खोला,रतुवा खोला तथा नुनसारी खोला बाट सिचाइका नहरहरु सन्चालनमा रहेता पनि गाउपालिकाको धेरै क्षेत्रमा सिचाइको अभाब रहेको छ ।

धान रोप्ने समयमा आकासे बर्षात नभएका कारण बैकल्पिक सिचाको श्रोत नहुँदा धेरै जमिन अझै बाझैं रहेको अवस्थामा गाउपालिका मार्फत अनुदानमा बितरण गरिएका मोटरले किशान हरु लाई सिचाईमा राहात पुग्ने कृषी विकास शाखा प्रमुख सुभाष दाहालले बताउनुभयो ।

 

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend