चुलाचुली । इलाम को चुलाचुली गाउपालिकामा पत्रकारीता क्षेत्रत्रको सबलीकरणमा स्थानिय तहको भुमिका बिषयक अन्तरसंवाद कार्यक्रम सम्पन्न भएको छ ।
बुलन्द मल्टिटेक्निकल मिडिया प्राली माङसेबुङ इलामको आयोजना तथा चुलाचुली गाउपालिकाको सहकार्य मा आयोजित सो अन्तरसंवाद कार्यक्रममा स्थानिय तह ले पत्रकारिता क्षेत्र को बिकास र प्रवाद्र्धन मा गरिरहेका र गर्न सकिने सहयोग र सहकार्यका बिषयमा छलफल तथा अन्तरसंवाद गरिएको हो ।
चुलाचुली गाउपालिका अध्यक्षा राजेन्द्र केरुङले पत्रकार हरु पत्रकार को कार्ड झुण्डयाएर राजनितिक दलको मुखपत्र बन्नु नहुने बताउनु भयो । त्यस्तै पत्रकारले सधै राम्रै मात्र लेख्नु पर्छ भन्ने छैन हामी जनप्रतिनिधीले गरेका गल्तिलाई तथ्यमा पुगेर समाचार खेख्नु पर्नेमा सतहीहरुमा मात्र समासचार आउने गरेको केरुले बताउनु भयो । तपाइले सत्यतथ्य पुगेर समाचार लेख्नु भयोभने हामी जनप्रतिनिधी सच्चिने मौका पाउने केरुङले बताउनु भयो ।
पत्रकारिता क्षेत्र लाई अब्बल र मजबुत बनाउन का लागी स्थानिय चुलाचुली गाउपालिकाले आर्थिक वर्ष २०८२÷०८३ देखी स्थानिय सञ्चार निती बनाएर ब्यवथित गर्दै लानेछ, जसले गर्दा समग्र संचार क्षेत्रलायृ व्यवस्थित गर्न सहयोग पुग्ने उपाध्यक्ष दिल कुमारी लिम्बु लावतीले बताउनु भयो ।
पत्रकार मन्च दमकका अध्यक्ष कमन देवान, पत्रकार निशृस राई , चिरन्जिवी घिमिरे लगायतले स्थानिय तह र सन्चार क्षेत्रको समन्वयत्मक भुमिका हुनु आवश्यक रहेको बताउनु भयो ।
बुलन्द मल्टिटेक्निकल मिडिया प्रा लि का प्रवन्धक राम कुमार योङहाङको अध्यक्षतामा भएको अन्तरकृया कार्यक्रम बालकृष्ण बस्नेतले वागत मन्तब्य राख्नु भएको कार्यक्रममा चुलाचुली गाउपालिका वडा नम्ब र ३ वडाध्यक्ष प्रेम श्रेष्ठ ४ नम्ब र वडाध्यक्ष सागर जबेगु का साथै हिमशिखर टेलिभिजनका उमा नाथ भण्डारी उज्यालो खबरका सुदिप अधिकारी लगायत २ दर्जन भन्दा धेरै पत्रकार हरुको उपस्थिती रहेको थियो । कार्यक्रम बुलन्द मल्टिटेक्निकल मिडिया प्रा लि पत्रकार प्रकाश नेपालले सञ्चालन गर्नु भएको थियो ।