logo
शुक्रबार, साउन २९ २०८३

कमल गाउँपालिका द्वारा वि.व्य.स. ,सेवानिवृत्त तथा कार्यरत शिक्षक र कर्मचारी सम्मानित एवम् विद्यार्थीलाई छात्रवृत्ति वितरण


  • उमानाथ भण्डारी
  • शुक्रबार, असार २० २०८२

कमल । झापाको कमल गाउँपालिकाले विहिवार एक कार्यक्रमको आयोजना गरी विद्यालय व्यवस्थापन समिती , अवकाश प्राप्त तथा कार्यरत शिक्षक , कर्मचारी सम्मान एवम् छात्रवृत्ति वितरण गरेको छ ।

गाउँपालिकाको वडा नम्बर २ स्थित महेन्द्ररत्न माध्यमिक विद्यालयको सभाहलमा सम्पन्न सम्मान कार्यक्रममा २०८१ सालको एस इ इ परिक्षामा शसतप्रतिशत विद्यार्थी उत्रिर्ण गर्न सफल कमल १ स्थित बाँसवारी माध्यमिक विध्यालका प्रधानाध्यापक केशर बहादुर श्रेष्ठ लगायत विभिन्न विध्यालयमा कार्यरत शिक्षक र कर्मचारी गरी २० लाई सम्मान पत्र , खादा र नगद ८ हजार रुपैया द्वारा गाउँपालिका अध्यक्ष हुकुमसिंह राई र उपाध्यक्ष प्रमिला न्यौपानेले सम्मान गर्नुभएकोे थियो । भने उत्कृष्ट विद्यालयमा कमल १ स्थित बाँसवारी माध्यमिक विध्यालकालाई सम्मान पत्र सहित नगद ३० हजार रुपैया द्वारा सम्मान गरिएको यियो ।

 उत्कृष्ट प्रधानाध्यापक श्रेष्ठ

त्यसैगरी गरी लामो समय विध्यालयमा अध्यापन गराई सेवानिवृत्त हुनुभएका १२ जना शिक्षकलाई समेत सम्मान पत्र र खादाले सम्मान गरिएको थियो । भने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरु मध्ये वडा नम्बर २ स्थित महेन्द्र रत्न माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पवन राईलाई समेत सम्मान पत्र र खादा द्वारा सम्मान गरिएको थियो ।


त्यसैगरी कमल गाउँपालिका भित्र सञ्चालनमा रहेका सामुदायिक विद्यालयमको शैक्षिक तथा भौतिक सुधारका साथै विद्यालयमा शुद्ध पिउने पानीको व्यवस्थापनकालागी उत्कृष्ट कार्य गरेकोमा वर्क फर नेपाललाई समेत सम्मान गरिएको थियो ।


त्यसैगरी कक्षा ११ र १२ मा अध्यायनरत सिमान्तकृत ६८ जना विद्यार्थीलाई जनही ४ हजार ३ सय रुपैया, ११ जना दलित विध्यार्थीलाई १५ हजार देखी ५० हजार रुपैया सम्म र बुबा आमा विहीन १४ जना विध्यार्थीलाई ३ हजार देखी १० हजार रुपैया सम्म छात्रवृत्ति प्रदान गरिएको थियो । त्यसैगरी कमल गाउँपालिका वडा नम्वर २ स्थित महेन्द्ररत्न माध्यमिक विद्यालय र कमल ७ स्थित सरस्वती माध्यमिक विध्यालयमा प्राविधिक विषय अध्यायनरत २१ जना विध्यार्थीलाई जनही २३ हजार ५ सय रुपैयाका दरले छात्रवृत्ति प्रदान गरिएको थियो ।

कमल गाउँपालिकाको शिक्षालाई उत्कृष्ट बनाउन तपाई हामि लागि परेका छौ । सबैको साथ र सहयोगले मात्र यो सम्भव हुन्छ । गाउँपालिका भित्र सञ्चालनमा रहेका सामुदायीक विध्यालमा कार्यरत शिक्षक मध्ये केहिलाई आज सम्मान गरेका छौ र आगामी दिनमा सबैलाई सम्मान गरिदै लगिने कमल गाउँपालिकाका अध्यक्ष हुकुमर्सिह राईले बताउनु भयो । त्यस्तै सेवानिवृत्त शिक्षकलाई समेत एउटै मञ्चमा राखेर सम्मान गर्न पाउदा खुशीलागेको र यसलाई समेत निरन्तता दिने राईले बताउनु भयो त्यसैगरी हुने खाने र हुँदा खाने बिचको अन्र्तरलाई हटाउदै सबै कमल बासीलाई समान शिक्षा पाउनु पर्छ भनेर हामिले अभिभावक विहीन, सिमान्तकृत दलित विध्यार्थिलाई छात्रवृत्ति समेत प्रदान गरेको अध्यक्ष राईले बताउनु भयो ।

उत्कृष्ट व्यवस्थापन समिति अध्यक्ष राई

पालिकाले प्रदान गरेको छात्रवृत्तिले तपाईहरुलाई ठुलो सहयोग हुदैन । यो छात्रवृत्ति रकम तपाईहरलाई प्रोत्साहन गर्नकालागी प्रदान गरिएको हो । विध्यार्थीले पाएको छात्रवृत्ति रकमलाई सहिठाउँमा प्रदान गर्न उपाध्यक्ष प्रमिला न्यौपानेले विध्यार्थीलाई सुझाव दिनुभयो ।


कमल गाउँपालिकाकाको शिक्षाको सुधार गर्नकालागी सम्पुर्ण जनप्रतिनिधी र शिक्षक मिलेर अघी बड्न सक्नु पर्छ तब मात्र शैक्षिक गुणस्तर सुधार गर्न सकिन्छ । हिजोका दिनमा भएका तिता मिठा कुराहरुलाई विर्सिएर अगाडी बड्न २ नम्बर वडा अध्यक्ष अशोक सुब्बाले  सम्पुर्ण शिक्षकलाई अनुरोध गर्दै शैक्षिक सुधारमा सबै एकजुट भएर लाग्नुपर्ने बताउनु भयो ।


पछिल्लो समय कमल गाउँपालिकाले शिक्षाको क्षेत्रमा गरेको योगदानले गाउँपािलकाको समग्र शैक्षिक गुणस्तरमा धेरे सुधार भएको मंगलमय माध्यमिक विध्यालय व्यवस्थापन समितिका अध्यक्ष टिकाराज सापकोटाले बताउनु भयो । त्यसैगरी सेवानिवृत्त शिक्षकका तर्फ बाट गोपाल चन्द्र भुजेलले सम्मानित हुन पाएकोमा गाउँपालिका प्रति आभार व्यक्त गदै धन्यवाद दिनुभयो ।


कार्यक्रम शिक्षा युवा तथा खेलकुद शाखामा प्राविधिक सहायक तथा कार्यक्रम संयोजक रविन गौतमले सञ्चालन गर्नु भएको थियो भने शाखा प्रमुख सुर्य प्रसाद न्यौपानेले शाब्दिक शब्दद्वारा स्वागत गर्नु भएको थियो ।

 

       

 

 

 

 

 

 

 

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend