झापा / झापा जिल्ला अदालतमा १० जना मेलमिलापकर्ता थपिएका छन्।
अदालतका प्रमुख न्यायाधीश उमेश प्रसाद लुइँटेलले आज एक कार्यक्रमका बीच थापिएका मेलमिलाप कर्तालाई सपथ गराउनु भएको छ ।
विवाद समाधानको वैकल्पिक र दिगो उपाय मेलमिलाप भएकोले न्यायसम्पादनमा मेलमिलाप प्रक्रियालाई प्राथमिकतामा राखिएको हुँदा सूचीकृत मेलमिलाप कर्ताले अनुशासन र इमान्दारीका साथ मेलमिलाप प्रक्रिया सञ्चालन गरेमा विवाद समाधानमा मेलमिलापको महत्व अझ झल्कने छ भनि प्रमुख न्यायाधीश लुईटेलले बताउनु भयो।
आज सूचीकृत भएपछि इमान्दारी र अनुशासन पूर्वक कार्यसम्पादन गर्नुहुन्छ भन्ने अदालतले अपेक्षा लिएको समेत छ भनि प्रमुख न्यायाधीश लुईटेलले बताउनु भयो।
झापाका बिभिन्न स्थानीय निकायबाट आज सपथ लिएका मेलमिलाप कर्ता मध्ये परमानन्द मिश्रले अनुशासन पूर्वक कार्य गर्ने छौ भनी मेलमिलापकर्ताहरुको तर्फबाट प्रतिवद्दता ब्यक्त गर्नु भएको थियो ।
झापा जिल्ला अदालतका प्रमुख न्यायाधीश उमेशप्रसाद लुईटेलको अध्यक्षतामा भएको सपथ ग्रहण कार्यकमको सञ्चालन अदालतका सूचना अधिकारी तथा प्रशासन शाखाका शाखाअधिकृत रामचन्द्र बस्नेतले गर्नुभएको थियो।
आज मेलमिलापकर्तालाई सपथ गराएपछि सुचिकृत संख्या जम्मा ४५ जना पुगेको छ। साथै ८ जना न्यायाधीश कार्यरत रहेको अदालतमा मुद्धाका पक्ष हरु बीचमा जित जित (win-win) काे लागि मेलमिलापमा केन्द्रमा मुद्धा पठाई सुचिकृत मेलमिलापकर्ताहरुबाट मेलमिलाप गराउने गरिएको छ।
साथै स्वचालित (Automation) पेशी प्रणाली र इजलास छनौटमा गोला पद्धति लागु भै सकेको छ भने मुद्दा दर्ता सफ्टवेयरमा ईन्ट्री हुने र अदालतको कामकारवाही को विवरण https://supremecourt.gov.np/court/jhapadc बाट हेर्न सकिनेछ भनि शाखाअधिकृत बस्नेतले जानकारी दिनु भयो।