logo
शुक्रबार, साउन २९ २०८३

कमल गाउँपालिका ३ केर्खामा कपडा बैंकको सुभारम्भ


  • उमानाथ भण्डारी
  • शनिबार, असार १४ २०८२

कमल । झापाको कमल गाउँपालिकामा ३ केर्खामा आज एक कार्यक्रमका बिच कपडा बैंकको सुभारम्भ गरिएको छ ।

जननेता मदन भण्डारीको ७४ औं जन्म जयन्तीका असरमा आयोजिक कार्यक्रका बिच कपडा बैंकको सुभारम्भ गरिएको हो ।

आफ्नो घर, टोल र समाजलाई सफा राखौं , कोही कपडा विहिन नरहुन् भन्ने मुलमन्त्रलाई आत्मासाथ गर्दै पुन्य कार्यमा सहभागीबनौं भन्ने उद्देश्यका साथ क्लोथ एण्ड फुड बैंक नेपालको आयोजना तथा नेकपा(एमाले), कमल गाउँ कमिटीको सहकार्यमा कपडा बैंकको सुभारम्भ गरिएको हो ।

घरमा यत्तिकै रहेका र हाल प्रयोगमा नआएको लत्ता कपडा संकलन गरेर पुनः प्रशोधन गरी आवश्यक पर्नेहरुलाई निःशुल्क वितरण गरिरहेको क्लोथ एण्ड फुड बैंक नेपालको १ सय ७४ औ शाखाको रुपमा केर्खामा स्थापना गरिएको हो ।

तल्कालिन नेकपा एमालेका महासचिव जननेता मदन भण्डारीको ७४ औं जन्म जयन्तीका असरमा नेकपा एमाले कमल गाउँकमिटीको सहकार्यमा कपडा बैकको स्थापना गरिएको हो । आफ्नो घरमा बढी भएका कपाडा बैकमा जम्मा गर्ने र आवश्यक पर्नेले सहजै लगेर प्रयोग गर्न सक्नेगरी कमडा बैकको स्थापना गरिएको नेकपा एमाले केन्द्रिय कमिटी सदस्य तथा झापा क्षेत्र नम्वर ५ ईन्चाज दिपक कार्कीले बताउनु भयो ।

आफुले प्रयोग नगरेका कपडालाई कपडा बैंकमा जम्मा गरियो भने आवश्यक पर्ने जो कोहीले पनि प्रयोग सक्नुहुन्छ । त्यसैले घरमा थन्किएका कपडा बैकमा ल्याएर जम्मा गर्न र आवश्यक पर्नेले याहाँ बाट निःशुल्क लान सकिने कमल गाउँपालिकाकी उपाध्यक्ष प्रमिला न्यौपाने तिवारीले बताउनु भयो ।

बैकमा जम्मा भएका कपडा लाई पुन प्रशोधन गरे प्रयोगमा ल्याईन्छ । अनावश्यक रुपमा कपडामा भएको खर्चलाई न्युनिकरण गर्दै कपडामा गरिने खर्च शिक्षा र स्वास्थ्यमा गरौ भन्ने हाम्रो उद्येश्य हो । सोहि अनुसार अहिले सम्ममा ३ लाख जनालाई निःशुल्क कपडा वितरण गरि सकेको र अझै ५ लाख जनालाई पुग्ने कपडा स्टकमा रहेको छ । त्यसैले कमल गाउँपालिका यदी कसैलाई आश्यक परेमा उपलब्ध गराउन सकिने क्लोथ एण्ड फुड बैंकका सिईओ सागर गौतमले बताउनु भयो।

नेकपा एमाले कमल गाउँकमिटी अध्यक्ष हरि ढकालले कपडा बैंकको स्थापना गर्नुको उद्येश्यका साथै उपस्थित सहभागीलाई स्वागत गर्नु भएको थियो ।

कार्यक्रममा नेकपा एमाले केन्द्रिय कमिटी सदस्य मेनुका काफ्ले, जिल्ला कमिटी सदस्य तथा कमल गाउँकमिटी इन्चार्ज बेनु सिवाकोटी, जिल्ला कमिटी सदस्य नारायण गौतम, चक्र शहादुर गुरुङ्ग, भिम प्रसाद राई, सिता निरौला, नर्वदा गौतम लगाएत गाउँकमिटीका पदाधीकारीहरुको उपस्थिती रहेको थियो ।
कार्यक्रम गाउँकमिटी उपसचिव हिमा नेपालीले सञ्चालन गर्नु भएको थियो ।

 

 

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend