logo
शुक्रबार, साउन २९ २०८३

प्रादेशिक आयुर्वेद अस्पतालमा बालबालिकालाई स्वार्ण बिन्दु प्राशन सुरु


  • उमानाथ भण्डारी
  • शुक्रबार, असार १३ २०८२

कमल । झापाको कमल गाउँपालिका ६ लखनपुर स्थित प्रादेशिक आयुर्वेद अस्पतालमा बालबालिकालाई स्वार्ण बिन्दु प्राशन सुरु गरिएको छ ।
प्रादेशिक आयुर्वेद अस्पतालले शुक्रवार बालबालिकाको रोगप्रतिरोधात्मक क्षमता अभिवृद्धि एवं सवाङ्गिण बिकासको सुनिश्चितताका गर्ने उद्येश्यले ६ महिना देखी ७ वर्ष सम्मका बालबालिकालाई स्वार्ण बिन्दु प्राशन सुरु गरेको अस्पतालका मेडिकल सुपरिटेण्डेन डाक्टर सिद्धर्थ ठाकुरले जानकारी दिनुभयो ।
आयुर्वेदमा स्वार्ण बिन्दु प्राशन प्रत्येक महिनाको पुष्य नक्षत्रको दिनमा खुवाउनु भनिएकोले आज बाट खुवाउन सुरु गरिएको हो । प्रत्येक पुष्यमा स्वार्ण लिऔं, शारीरिक बौद्धिक बल बढाऔं भन्ने उद्घोषका साथ अस्पतालमा भएको स्वार्ण बिन्दु प्राशन ६ महिना देखी ७ वर्ष सम्मका १ हजार १ सय ८७ जना बालबालिका सहभागी रहेको अस्पतालका मेसु ठाकुरले बताउनुभयो ।
स्वार्ण बिन्दु प्राशन किन खुवाउने


बालबालिकामा बढ्दो उमेरका क्रममा विभिन्न शारीरिक, मानसिक विकासका अनेक चरणहर घटीरहेका हुन्छन् , यो उमेरमा शारिरिक एवं मानसिक रुपमा कोमल हुने बालबालीकाहरकमा विभिन्न रोगहरुको संक्रमणको सम्भावना रहन्छ । यहि कारणले आयुर्वेदमा स्वार्ण बिन्दु प्राशनको महत्व दर्शाइएको छ । स्वार्ण बिन्दु प्राशन अन्तरगत स्वणर््ा भष्मलाई विभिन्न औषधीहरुमा मिसाएर घिउ र महको साथमा ६ महिना देखी ७ वर्ष उमेर समुहका बालबालिकाहरलाई दिईन्छ स्वार्ण बिन्दु प्राशन प्रत्यक महिना पुष्य नक्षत्रको दिनमा खुवाईन्छ ।

 कुन महिनामा कहिले खुनाउन तालिका 

स्वार्ण बिन्दु प्राशन फाईदना 

पाचन शक्ति बढाँउछ,समग्र स्वास्थ्य लाभ मानसिक रुपमा स्फुर्त, शारिरिक तथा मानसिक विकास प्रवर्धन गराउने भएकोले समेत हरेक बालबालिबालाई स्वार्ण बिन्दु प्राशन खुवाउनु पर्ने अस्पतालले जनाएको छ ।

 

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend